विराटनगर ।
विराटनगर जुट मिलमा कार्यरत १० कर्मचारी निष्कासनको विरोधमा आज कर्मचारीले प्रशासनमा तालाबन्दी गरेका छन् ।
बन्द अवस्थामा रहेको सो जुट मिलबाट १० जना कर्मचारीलाई निष्कासन गरिएपछि विरोध स्वरुप उनीहरुले तालाबन्दी गरेका हुन् ।
जुट मिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनले करारमा कार्यरत २४ जनामध्ये यही साउन १ गतेदेखि १० को करार अवधि सकिएकाले निष्कासन गरिएको बताउनुभयो । उहाँका अनुसार बन्द रहेको जुटमिलमा कर्मचारीको आवश्यकता नहुने भएकाले करार अवधि सकिएपछि केहीलाई कामबाट हटाइएको हो ।
निष्कासनमा परेका कर्मचारीले भने जुट मिलका अध्यक्ष वन नै अवैध भएको र सञ्चालक समितिको निर्णयबिनै आफूहरुलाई गैरकानूनी तरिकाले निष्कासन गरेकाले मान्य नहुने बताएका छन् ।
रासस
प्रतिक्रिया