पहिरो खस्दा १२ बाख्रा पुरिए


दार्चुला ।
मार्मा गाउँपालिका–६ चेतकल्लीका अम्भु सितोलीका १२ वटा बाख्रा पहिरामा पुरिएका छन् ।

मंगलबार राति परेको वर्षापछि आज दिउँसो उक्त स्थानमा पहिरो खसेको थियो । सितोलीका चराउन लगिएका २८ वटा बाख्रामध्ये १२ वटा पहिराले पुरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पहिरोले बाख्रा पुरिएपछि पीडित सितोलीले क्षतिपूर्तिका लागि गाउँपालिका कार्यालयमा निवेदन दिने बताएका छन् ।
रासस