सप्तरीमा ८४ करोड बढि वेरुजु



शिवहरीप्रसाद भट्टराई, राजविराज ।

सप्तरीमा आव २०७३/७४ मा ८४ करोड ३३ लाख ७३ हजार ५ सय ६१ रुपैयाँ ९४ पैसा वेरुजु रहेको महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरीका अनुसार आव २०७२/७३ मा सप्तरीमा कुल ७४ करोड ४२ लाख ३४ हजार १११ रुपैयाँ वेरुजु थियो । आव २०७३/७४ को वेरुजु मध्ये २४ करोड ६२ लाख ६७ हजार ६६८ नियमिति गर्नुपर्ने, ४७ करोड ८५ लाख ०८ हजार २७६ पेश्कि र २२ करोड ४० लाख ७१ हजार ८ सय रुपैयाँ असुल गर्नै पर्ने देखाएको छ ।

वेरुजु मध्ये सरकारी कार्यालयतर्फ ५२ करोड ५६ लाख ६१ हजार ९२९, स्थानीय निकायतर्फ २५ करोड ५४ लाख ६५ हजार १६७ र स्वास्थ्य संस्थातर्फ २ करोड ५५ लाख ४७ हजार ८२८ छ ।

जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, पुर्वाञ्चल सिचाई डिभिजन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय र जिल्ला प्राविधिक कार्यालयमा वढि वेरुजु हुने कार्यालय हुन ।

जथाभावी खर्च गर्ने तथा नियमन गर्ने विषयमा वेवास्ता गर्दा वेरुजु रकम वढ्दै गएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख पुर्णराज कार्कीले वताए । कारवाही प्रकृया फितलो देखिएकाले पनि वेरुजु रकम उठ्न समस्या भएको उनले बताए ।

कर्मचारी, राजनितिक दल र नागरीक समेत अनुशासित भए वेरुजु रकम कम गर्न सकिने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्