डा.केसीको स्वास्थ्य अवस्था विगत २४ घण्टामा व्यापक गडबडी


भगवती तिमल्सिना, काठमाडौ ।  

चिकित्सा शिक्षाको सुधारका लागि विगत १८ दिन देखि सत्याग्रहमा रहनुभएका प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था विगत २४ घण्टामा व्यापक गडबडी भएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

डा.केसीको मुटुको चाल, स्वासप्रश्वासको गति र रक्तचापमा व्यापक गढबढी देखिएको उपचारमा संलग्न डा.पुजन रोकाया, डा. सिद्धार्थ खाती र डा.धिरज गुरुङले साउन १ गते जारी गरेको वि

ज्ञप्तिमा उल्लेख गरिएको छ । जारी विज्ञप्तिमा उल्लेख गरे अनुसार रगतमा अक्सिजनको मात्रा निरन्तर कमी रहेकाले डा.केसीलाई लगातार अक्सिजन दिईरहेको छ । बिहानीपख अचानक स्याचुरेसन घटेर ७० को हाराहारीमा पुगेपछि अक्सिजनको मात्रा बढाईएको छ ।

मंगलबारको रगत जाँचबाट आएको रिपोर्टले थप जटिलता थपिएको देखाउँछ । रगतमा पोटासियम, म्याग्नेजियम र क्यालसियमको मात्रा निकै घटेको छ, जसको सिधा स

म्बन्ध मुटुको चालमा हुन्छ । डा.केसीलाई विगतम ापनि एरिदमिया मुटुको चालमा गडबडी देखिएको र यसैपटक पनि धेरैपटक एक्टोपिक बिट्स आइसकेको परिप्रेक्ष्यमा मंगलबारको रिपोर्ट अनुसार जुनसुकै अवस्थामा पनि मुटुको चाचलमा गडबडी आई घड्कन नै बन्द हुनसक्ने देखिएको छ ।

रगतमा सेतो रक्तकोशिकाको मात्रा झन घटेको छ । क्यानुला राखिएको दुबै हातमा संक्रमण देखिन थालेको अवस्थामा सेप्सिस भइहाले स्थििित थप बिग्रने छ । कमजोरी, चक्कर लाग्ने वाकवाकी लाग्ने मांसपेशी बाउँडिने समस्या झन बढेको छ भने छाती दुख्ने समस्याले डा.केसीलाई झन पिरोल्न थालेको छ । यसरी मुटुको चालमा गडबडी भइरहे बिरामीलाई सिसियुमा राखेर उपचार गर्नुपर्ने हुनसक्ने चिकित्सकहरुले जनाएका छन् ।