उपराष्ट्रपति पुन फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा आयोजित स्वागत समारोहमा


काठमाडौँ ।
उपराष्ट्रपति नन्दबहादुर पुन फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सरिक हुनुभयो ।

नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले आयोजना गर्नुभएको उक्त समारोहमा संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, नेपाल सरकारका उच्च अधिकारी, उद्योगपति, व्यापारी, कामको सिलसिलामा यहाँ रहेको फ्रान्सेली नागरिक तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति थियो ।
रासस