वार्षिक ३ अर्ब रुपियाँको चिया निर्यात



नेपाल समाचारपत्र
काठमाडौं ।
केन्द्रीय तथ्याङ्क विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले व्यावसायिक चिया खेती सर्वेक्षण २०७४÷७५ सार्वजनिक गरेको छ । सर्वेक्षणअनुसार नेपालबाट वार्षिक ३ अर्ब रुपियाँ बराबरको चिया निर्यात हुने गरेको देखिएको छ।

मुलुकभर वार्षिक २ करोड २२ लाख मेट्रिकटन चिया उत्पादन हुने गरेको उक्त सर्वेक्षणको तथ्यांकमा उल्लेख छ । चिया खेतीको अवस्थिति, क्षेत्रफल, उत्पादन परिमाण तथा मँल्यका बारेमा तथ्यांकीय सँचना उपलब्ध गराउने, राष्ट्रिय अर्थतन्त्रमा चिया खेतीले पु¥याएको योगदानको अनुमान गर्ने तथा तथ्यमा आधारित नीति निर्माण, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मँल्याङ्कन र अध्ययन अनुसन्धान गर्ने उद्देश्यले उक्त सर्वेक्षण सार्वजनिक गरिएको हो ।

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय योजना आयोग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहयोगमा चिया खेतीको बारेमा पहिलोपटक सर्वेक्षण गरिएको हो ।

चिया खेतीमा प्रमुख सञ्चालकका रुपमा ८५ प्रतिशत पुरुष र १५ प्रतिशत मात्र महिला रहेका छन् । सञ्चालकहरुको शैक्षिक स्थिति हेर्दा १० कक्षाभन्दा कम शैक्षिक योग्यता भएका व्यक्तिको संख्या ८२ दशमलव ४ प्रतिशत रहेको छ भने प्रविणता प्रमाणपत्र तह पास गरेका सञ्चालक ८ दशमलव ९ प्रतिशत रहेका छन् ।

९५ प्रतिशत चिया किसानले आफ्नै जग्गामा चिया खेती गरेको देखिएको छ भने बाँकी ५ प्रतिशतले अरुको हकमा रहेको जग्गामा चिया खेती गर्दै आएको देखिएको छ ।

सर्वेक्षणअनुसार हाल १४ जिल्लाको १२ हजार हेक्टर क्षेत्रफलमा चिया खेती गरिएको छ । जसमध्ये सबैभन्दा बढी झापामा ७ हजार १ सय ९५ हेक्टर र सबैभन्दा कम मोरङमा २५ हेक्टर जग्गामा जग्गामा चिया खेती गरिएको छ । चिया खेतीमा १८ हजार १ सय ८० जना व्यासायिक रुपमा आबद्ध रहेकोमा त्यसमध्ये ९ हजार ३ सय ७४ जना पुरुष र ८ हजार ८ सय ७ जना महिला रहेका छन् ।

सबैभन्दा बढी इलाममा ५ हजार ५ सय ५८ जनाले चिया खेती गरिरहेका छन् भने सबैभन्दा कम सिन्धुपलाञ्चोक जिल्लामा एकमात्र चिया खेती व्यवसायी रहेका छन । चिया खेती गरी नेपाली कृषकले नै वार्षिक १ अर्ब ७४ करोड रुपियाँ आम्दानी गरेको सर्वेक्षणको तथ्यांकले देखाउँछ ।

 

नेपालमा हाल सीटीसी र अर्थोडक्स र ग्रीन टी गरी ३ किसिमका चिया उत्पादन हुँदै आएको छ भने सीटीसी चिया झापा जिल्लामा मात्र उत्पादन हुने गरेको छ । नेपालमा ५९ प्रतिशत कृषकहरु पराम्परागत रुपमा चिया खेती गर्दै आएका छन्। उनीहरुले रासायनिक मल तथा औषधिको प्रयोग गर्ने गरेका छन भने यस्तो खेती प्रणालीमा ३० प्रतिशत कृषक तथा व्यवसायीहरु प्रारंगारिक उन्मुख छन्। त्यस्तै ११ प्रतिशतले पँर्ण प्रारङगारिक उत्पादन पर्दै आएका छन्।

चिया तथा कफीका बारेमा विस्तृत अध्ययन गरी पहिलोपटक सार्वजनिक गरिएको उक्त सर्वेक्षणअनुसार तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९२० सालमा चीन भ्रमणबाट फर्कदा चिनियाँ जातको चियाको बीउ उपहारस्वरुप तत्कालीन चिनियाँ सम्राटबाट ल्याई नेपालमा भित्र्याएका थिए ।

ब्रिटिस सरकारको इष्ट इन्डिया कम्पनी मार्फत दार्जिलिङको घेरै पहाडी भँभागमा चियाखेती शुरु गरेका थिए । त्यसपछि पश्चात पँर्वी पहाडमा इलाम टि स्टेट स्थापना गर्दै नेपालको पहाडी भँभाग इलाम, पाँचथर, ताप्लेजुङ र धनकुटामा चिया खेती शुरु भएको देखिन्छ । गजराज सिंह थापाले पहिलोपल्ट इलाममा चिया रोपी चिया खेतीको शुरुआत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्