गृहमन्त्री बादल र उत्तर कोरीयाली राजदुत भेटवार्ता


काठमाडौ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि उत्तर कोरीयाका राजदुत किम योङ हकले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
गृहमन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।

भेटमा गृहमन्त्री थापाले पछिल्लो समय उत्तर कोरीयाले अमेरीका र दक्षिण कोरीयासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशा व्यक्त गर्नुभयो ।

उहाँले देशभक्तीको लागि उत्तर कोरीया सबैका लागि प्रेरणाको स्रोत भएको टिप्पणी गर्नुभयो ।
गृहमन्त्री थापाले उत्तर कोरीयाले गार्मेन्ट लगायतको क्षेत्रमा नयाँ प्रविधिको विकास गरेको गरीरहेको आफुले सुनेको भन्दै त्यस्तो प्रविधि नेपालमा पनि भित्र्याउन आफुहरु ईच्छुृक रहेको बताउनुभयो ।

राजदुत हकले नेपाल र उत्तरकोरीयाको सम्बन्धको चर्चा गर्दै यसलाई थप उचाईमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालमा रोजगारीका लागि आउने कोरीयाली नागरिक प्रवेशाज्ञा प्रक्रिया झन्झटीलो हुँदा समस्या रहेको बताउनुभएको थियो । जवाफमा गृहमन्त्री थापाले सो प्रक्रिया सहज र सरल बनाउन तत्काल कदम चलिने बताउनुभयो ।

राजदुत हकले गृहमन्त्रीलाई सफल कार्यकालका लागि शुभकामना दिँदै केही दिनमा हुन गईरहेको आफुहरुकोे राष्ट्रिय दिवसमा उत्तर कोरीया भ्रमणका लागि गृहमन्त्री थापालाई आग्रह गर्नुभयो ।