अन्नपूर्ण गाउँपालिकाको बजेट सार्वजनिक सडक तथा बाटो प्राथमिकतामा


विजय नेपाली, पोखरा ।
गण्डकी प्रदेश अन्नपूर्ण गाउँपालिका कास्किले आर्थिक वर्ष २०७५र७६ को लागि बार्षिक बजेट सार्वजनिक गरेको छ । चौथो गाउँ सभाबाट स्वीकृत ५० करोड ४४ लाख रुपियाँको आय तथा व्यय बजेट सार्वजनिक गरेको हो ।

शुक्रबार सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष युवराज कुवरले समग्र गाउँपालिकाको विकासको लागि न्यायोचित बजेट विनियोजन भएको बताए । कार्यक्रममा प्रतिवेदन पेश गर्दै कुवरले कृषि,उधोग वाणिज्य,पर्यटन,सामाजिक विकास नीति, शिक्षा स्वास्थ तथा खेलकुद र पुर्वाधार बिकास लगायतको क्षेत्रमा बजेट विनियम गरिएको बताए । नीति तथा कार्यक्रमको बजेट प्रत्येक वडामा उत्पादन, उधम र व्यवसाय प्रबर्द्धन कार्यक्रम संचालन गर्दै ऐतिहासिक,धार्मिक एवम् पर्यटकिय स्थलहरुको प्रचार प्रसार गरि पर्यटकिय गन्तव्यको रुपमा पहिचान गराउने प्रतिवेदनमा उल्लेख छ । उनले भने ू हामी सङ स्रोत र साधन पर्याप्त छन, गाउपालिकाको बिकास संगै जनताको हरेक चाहाना र आवश्यकता लाई मध्यनजर गर्दै हामिले नीति तथा कार्यक्रम बनाएका छौ, आगामी ४ वर्ष भित्र सम्पुर्ण बिकासका कार्यनीति कार्यान्वयन हुने छ , यसका लागि हामिलाइ प्रदेश सरकारले थप बजेट पारित गरिदिनु पर्छ।

नयाँ नीति तथा कार्यक्रम अन्तरगत आर्थिक वर्ष सङै सबै क्षेत्रमा एकीकृत सम्पत्ति कर लागू गरि कृषि क्षेत्रमा उच्च जोडदिदै ठुला आयोजनाहरुको कार्यान्वयन पुर्व सम्भाव्यता अध्ययन एवं वातावरणीय प्रभावको समेत मुल्यांकन गरि कार्यान्वयन गर्ने कुवरको भनाइ रहेको थियो । सोही क्रममा बोल्दै गण्डकी प्रदेश आर्थिक तथा मामिला मन्त्री किरण गुरुङले प्रदेशलाइ आर्थिक रुपमा अब्बल बनाउनको लागि हरेक नागरिकले आम्दानी कर तिर्नुपर्ने बताए ।

हामी सरकारले जनताको रगत र पसिना खायो भन्छौ, तर कुनै पनि व्यक्तिले आम्दानी करतिरेका हुदैनन्, कर्माचारीहरुले मात्र कर तिर्ने गरेका छन, कर तिर्न बाट भने पन्छिने अनि राज्यलाइ मात्र आरोप लगाएर हुँदैन । मन्त्री गुरुङले भने । विश्वका विकसित राष्ट्रहरुमा हरेक नागरिकले कर तिर्ने हुँदा बिकासका कार्यहरु पनि तिव्र गतिले भएको बताउदै सम्बृद प्रदेश बनाउन राज्यलाइ सहयोग गर्नु पर्ने उनले बताए । ऋणात्मक बजेट बाड्नाले नागरिक नै ऋणी हुने भन्दै समन्यायिक बजेट निर्माण गर्नुपर्ने उनको धारणा थियो । त्यस्तै पुर्व राष्ट्रिय सभा सदस्य तथा काङ्ग्रेस नेता शुक्रराज शर्माले प्राविधिक शिक्षालाई मुख्य प्राथमिकतामा राख्दै अन्नपूर्ण गाउँपालिकामा भएका जडिबुटी, साधन स्रोत तथा जलस्रोतको उपयोग गरि आर्थिक समृद्धि तर्फ जान सकिने बताए ।

गाउँपालिकाले कृषि तथा पशु तर्फ एक करोड ५० लाख , पर्यटन तर्फ ८४ लाख,एकीकृत सम्पत्तिकर सुधार योजनामा पाँच लाख,बित्तीय व्यवस्थापन सुशासन्मा २० लाख, संस्थागत विकास तथा सेवा प्रवाहमा २५ लाख, वातावरण तथा विपद व्यवस्थापनमा ७६ लाख, सामाजिक विकास समितीमा एक करोड २८ लाख चार हजार, खानेपानी तथा एक घर एक धारा कार्यक्रममा एक करोड ३० लाख,आर्थिक केन्द्र जोड्ने सडक तर्फ एक करोड १५ लाख, गाउँपालिका स्तरिय सडक तर्फ दुई करोड ९० लाख, वडा अनुदान तर्फ एक करोड ४४ लाख, पुर्वाधार बिकास तर्फ ८८ लाख, सिचाइ तर्फ २२ लाख र ग्रामिण सिढी बाटो तर्फ ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाले सबैभन्दा बढी सडक तथा बाटो निर्माणमा बजेट पारेको छ भने सोही क्रममा पुर्व जनप्रतिनिधि, गाउपालिका कर्माचारी, संस्था लगायतलाइ सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो ।