‘‘द ब्याङ टुर’ आयोजना गरि सलमानलाई नेपाल ल्याउने भनि ठगी गर्ने पक्राउ


काठमाडौं ।
भारतीय अभिनेता सलमान खानसहित अन्य भारतीय कलाकारहरुलाई काठमाडौं ल्याउने भन्दै ‘द ब्याङ टुर’ आयोजना गर्ने भनेर टिकट विक्री गरी ठगेको आरोपमा ओडिसी इन्टरटेनमेन्टका म्यानेजर रविन केसी पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले केसीलाई पक्राउ गरेको हो ।

कम्पनीका प्रमुख सिमान्त गुरुङ पनि पक्राउ परिसकेका छन् । उनीहरुलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको हो ।
महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार उनीहरुमाथि ठगी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
यसअघि ‘द ब्याङ टुर’ टाइटलमा कार्यक्रम आयोजना हुने भन्दै करिब ५ हजार टिकट विक्री गरिएको थियो ।

जसमा नायिका सोनाक्षी सिन्हा, प्रभू देवा, मनिष पल लगायतका कलाकारहरु पनि सहभागी हुने बताइएको थियो ।

उक्त कार्यक्रम गत वर्ष फागुन २६ गतेका लागि तय गरिएको थियो । तर, विप्लव माओवादीको धम्कीका कारण स्थगित भयो । त्यसपछि आयोजक ओडीसी इन्टरनेसनले गुपचुपरुपमा कार्यक्रमको नयाँ मिति २ जेठका लागि तोकेको थियो ।