सरकारको निर्णय उल्टायो सर्वोच्चले को–को फर्किने भए काममा


प्रशान्त वली, काठमाडौं ।
सरकारले गरेको निर्णय सर्वोच्च अदालतले उल्टाएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा नियुक्ती पाएका सरकारी संस्थानका पदाधीकारीहरुको नियुक्ती बर्तमान सरकारले असार २० गते खारेज गरेका मध्ये ६ जनाले सर्वोच्चवाट अन्तरिम आदेश पाएका हुन् ।

अन्तरिम आदेश पाउनेहरुमा राष्ट्रिय सहकारी बोर्डका सहध्यक्ष दक्ष पौडेल, गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, एकीकृत बागमती विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत र घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नविकुमार झा, कर्जा सुरक्षा कोषको कार्यकारी अधिकृत बिष्णुबाबु मिश्र र नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झा हुनुहुन्छ ।

शुक्रवार न्यायाधीश बमबहादुर श्रेष्ठको इजलासले गोरखापत्र संस्थानका महाप्रबन्धक उपाध्याय, एकीकृत वाग्मती विकास समितिका अध्यक्ष बस्नेत, घरेलु तथा साना उद्योग विकास समितका कार्यकारी निर्देशक झा र राष्ट्रिय सहकारी बोर्डका सहध्यक्ष पौडेलको पक्षमा अन्तरिम आदेश जारी गरेको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले नेपाल समाचारपत्रलाइ जानकारी दिनुभयो ।

यसअघि विहीबार रिट दर्ता गराउनुभएका कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृत बिष्णुबाबु मिश्र र प्रतिवादी सरकारलाई छलफलका लागि साउन २ गते बोलाएको थियो । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष झा र प्रतिवादी सरकारकाप्रतिनीधीलाई साउन ३ गते छलफलका लागि बोलाएको थियो । सरकारले सामूहिक रुपमा नियुक्ति खारेज गरेकामध्ये १३ जना सर्वोच्चमा निवेदन दिनुभएको थियो ।