कुमारी बैंकद्धारा “बाल सारथी” लाई सहयोग


काठमाण्डौँ ।
कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति–गुह्येश्वरी परिसरमा अवस्थित बाल सारथी नामक सामाजिक कल्याण – उन्मुख एक गैर–सरकारी संस्थालाई नगद रु. एक लाखको सहयोग गरेको छ ।
विगत १३ वर्ष देखि बाल सारथीले आफ्ना विभिन्न परियोजनाहरु अन्तर्गत गरिब, विपन्न, सडक बालबालिकाहरुको आधारभुत शिक्षामा सहयोग पु¥याईरहेकोछ । यसै गरि उक्त संस्थाले ति बालबालिका र तिनिहरुका परिवारलाई लक्षित गरेर अनौपचारिक स्वास्थ्य एवं शैक्षिक कार्यक्रमहरु पनि आयोजना गर्दै आएको छ । उक्त संस्थाका प्रशंसनिय कार्यहरुलाई प्रोत्साहन दिएर समाजलाई समावेशी विकासतर्फबाट धकेल्ने उद्देश्यका साथ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री राजिब गिरिज्यूले बाल सारथीका संस्थापकलाई सहयोग स्वरुप चेक हस्तान्तरण गर्नु भयो ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामुलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।