बाउली खोलाले बगाएर २ बालिका बेपत्ता


ललित सिंह, बझाङ्ग ।
बाउली खोलाले बगाएर दुई बालिका बेपत्ता भएकी छन् । बझाङ्गको सुर्मा गाउपालिका २ की अन्दाजी बर्ष १५ की बिमला कुमारी बोहरा र सोहि गाउँ बस्ने अन्दाजी बर्ष ९ की रिनु कुमारी बोहरा घर देखि सदरमुखकाम चैनपुर आउने क्रम्मा सुर्मा गाउँपालिकाको डोगडी पावरहाउसको जेवले गाड र बाउलिगाड को मिलन हुर्ने ठाउँमा काठको साँगु तर्ने क्रम्मा आज सुक्रबार दिउसो १२ः ३० बजे तिर जेवले गाडको सागुँबाट खसेर बिपत्ता भएको सुर्मा गाउँपालिका अध्यक्ष नर बहादुर बोहराले जानकारी दिनु भएको छ ।

बेपत्ता हुने दुई बालिकाको खोजी कार्य जारी भैरहेको छ । जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता हुने बिमला कुमारी बोहरा सोहि गाउँपालिकाको आधाबगर मा बि मा कक्षा ९ मा अध्ययनरत र रिनु कुमारी बोहरा ४ कक्षामा अध्ययरत छात्रा हुन् ।

उनी यार्सा गुम्बाँको सिजनमा यार्सा टिप्ने समयमा बिद्यालय बन्द हुने भएकाले यार्सा संकलनको समय सके पछि अहिले कापी कलम किन्नको लागी उनि दुई बालिका घरबाट बिहानै आएर खोला तर्ने क्रम्मा काठको साँगुबाट खसेर खोलामा बेपत्ता भएको डिएसपी क्रषिराम कडेलले बताउनु भएको छ । उनले भर्ने खोजी कार्य हामीले तिब्रत्ताका साथ लागी रहेको बताए ।

फोटो क्याप्सन ः सुर्मा गाउपालिका २ मा रहेको जेवले खोला र बाउली खोलाको मिलन केन्द्रको काठे पुल सोहि गाउँपालिकाका स्थानीयहरुलाई सदरमुखकाम आउन र घर जान बर्खा यामको समयमा कस्टकर यात्रा गर्नु पर्ने बाध्यता छ ।