प्रदेशको नाम गण्डकी अस्विकार गर्दै चक्काजाम


नेपाल समाचारपत्र, पोखरा ।
प्रदेशको नाम गण्डकी राखेको भन्दै पहिचान पक्षधर युवाहरुले बिहीवार एक घण्टे चक्काजाम गरेका छन । जातिय पहिचान सहितको तमुवान मगरात नाम राख्नु पर्ने भन्दै पोखराको पृथ्वीनारायण क्याम्पस अगाडी विरोध गरेका हुन । उक्त विरोध सभालाइ सम्बोधन गर्दै तमुवान मगरात संघर्ष समितीका प्रवक्ता हुम तमुले शान्तिपूर्ण आन्दोलनलाइ वास्ता नगरे बन्दुक उठाउने चेतावनी दिएका थिए । अरुको रक्षा गर्न बन्दुक उठाउने अब आफ्नै पहिचानको लागि बन्दुक उठाउन हामी पछि हट्ने छैनौ, हामिले जातिय राज्य मागेका होइनौ पहिचान मागेका हौँ, जातीय राज्य त अहिले भएको छू उनले बताए । सोही क्रममा बोल्दै पहिचान पक्षधर युवा संयोजक किरण राणाले आफुहरुले सद्भाव र पहिचान मात्र खोजेको बताए ।

यश अघि गण्डकी नामको बिरोध गर्दै गण्डकी नामको शवयात्रा निकाल्दै प्रदेश समेत बन्द गरेका थिए । जातिय राज्यको माग गर्दै आएको विभिन्न जातिय संघहरुले गण्डकीको विरोध गर्दै आइरहेका छन् । जातिय पहिचान सहितको प्रदेश नामाकरण गर्नुपर्ने अडान लिदै तमुवान मगरात संघर्ष समितिले सस्कृतविद जजमान गुरुङ र आर्थिक मामिला मन्त्री किरण गुरुङलाई वहिष्कार सङै आदिवासी जनजाती बाट सासद भएकाहरुलाइ नै बहिष्कार गर्ने युवाहरुले बताए । उनिहरुले गण्डकी नाम आफुहरुलाइ स्विकार्य नभएको भन्दै आफ्नो पहिचान सहितको जातिय राज्यको माग गर्दै आएका छन । आफैले चुनेर पठाएका संसदहरुले जातिय पहिचानको विरुद्धमा गएर सहमती जनाएकोमा बिरोध प्रकट गर्दै सामाजिक बहिस्कार गर्दै आन्दोलन थप चर्काउने युवाहरुले बताए ।

गण्डकी प्रदेशको पक्षमा गत शुक्रवार बसेको प्रदेश सभा बैठ्कमा गण्डकी प्रदेशको नाममा ५४ मत परेको थियो भने विपक्षमा दुई मत मात्र परेको थियो ।