माओवादी जनयुद्धको झल्को दिदै विप्लव नेकपा


कालीवहादुर मल्ल, कालिकोट । 

“पूर्व होस या पश्चिम,उठौ हो साथि लाल झण्डा समाती,कालो वजारी, भ्रष्ट्राचारी देशको बेहालभो तस्करी वढ्दो महंगी बढ्दो जनताको वेहाल भो”। जस्ता गितहरु गुञ्जाउदै विसाल नृत्य देखाउदै, आमसभा गदै गाउँगाउँमा विप्लव नेतृत्वको नेकपाको एकिकृत जनजागरण अभियान चलिरहेको छ ।

अभियानमा विगत २०५२ देखि २०६३ सम्म माओवादीले सञ्चालन गरेको जनयुद्धको झल्को आउने गरी अभियान चलिरहेको छ । एकिकृत जनक्रन्ति नामको कार्यदिशा लिएको विप्लव नेकपाले स्थानीय तहमा भ्रष्टाचार,विभिन्न विकृति,महिला हिंसा,जातीय वभेद,छाउडी प्रथा लगाएतका अन्त्यको लागि अभियान थालीयको छ । वर्तमा संसदीय प्रणाली,बैदेशिक हस्तक्षेप विरुद्ध,राष्टियताका पक्षमा जागरण र भ्राष्ट्राचार अन्त्यका लागि गाउँगाउँमा अभियान थालिएको विप्लव नेकपाका सेक्रेटरी रणदिप एडिले वताए ।

नेकपाका केन्द्रीय कलाकार सामना परिवारले रोचक नृत्य देखाउदै स्थानीय नागरिकलाई राष्टियताप्रति जागरुक वनाएको सेक्रेटरी एडिको भनाई रहेको छ ।

विप्लव नेकपा कर्णाली ब्युरोले बीहिबार पलाता गाउपालिकाको धौलागोहमा आयोजना गरिएको जनसभामा प्रमुख अतिथी कर्णाली ब्युरो बरिष्ट सदस्य कर्ण भण्डारी, विराट बाजुरा ईन्चार्ज ईण्डिक,सामना सेक्रटरी क सरल लगाएतको उपस्थिती रहेको थियो । विगत माओवादी द्धन्द्धको समयमा पनि यसैगरी माओवादी कलाकारहरु गाउँगाउँका सस्कृतिक अभियानहरु चलाउने गर्दथे ।
अभियान अन्तरगतको सभामा अतिथि विराटले सरकारले विप्लव नेकपा सँग निहु नखोज्न आग्रह गरेका थिए । उनले निउ खोजेमा जतिवेला पनि हिंसात्मक युद्ध हुनसक्ने चेतावनी दिए ।