दोहोरो अंकले घट्यो शेयर बजार


काठमाडौँ ।
मौद्रिक नीति सार्वजनिक भएपछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्तालाई शेयर बजारले निराश बनाएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ ।

बुधबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । नीतिले बैंक तथा वित्तीय संस्थालाई पनि शेयर ब्रोकरको अनुमतिपत्र दिने व्यवस्था गरेको थियो । शेयर बजार १३।६६ बिन्दुले घटेर एक हजार १९१।९८ बिन्दुमा आइपुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २।९३ बिन्दुले घटेर २५१।०५ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको १६ लाख २० हजार ८८० कित्ता शेयर रु ४५ करोड ४४ लाख ६ हजार २५६ मूल्यमा खरिद बिक्री भएको छ ।

स्टकका अनुसार कूल १० उपसमूहमध्ये नौ उपमूहको शेयर घटेको छ भने एक उपसमूहको शेयर बढेको छ । बैंकिङ १०।३१, व्यापार ०।८४, होटल ३७।६५, विकास बैंक १८।८३, जलविद्युत् २१।७, फाइनान्स ३।८७, बीमा १०७।५८, अन्य ०।५१ र माइक्रोफाइनान्स ३६।०६ बिन्दुले घटेको छ भने उत्पादन समूहको शेयर २।८ बिन्दुले बढेको छ ।
रासस