मन्त्रालयको टोलीद्धारा कलंकी मालपोत कार्यालयको अनुगमन


नेपाल समाचारपत्र, काठमाण्डौँ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल, राज्यमन्त्री रामकुमारी चौधरी, सचिव गोपीनाथ मैनाली सहित मन्त्रालयको टोलीद्धारा कलंकी मालपोत कार्यालयको अनुगमन गरेका छन् ।

सेवाग्राहीका गुनासा सुनेपछि मन्त्रीका प्रश्नहरुः
फटाफक काम किन भएन र यति धेरै मान्छेका चाप किन भयो ? समाधान गर्ने उपााय के हुन् ? अव्यवस्थित किन ? एक जना सेवाग्राहीका पछि किन यति धेरै मान्छे लागेका छन् ? कित्ताकाटको पछिल्लो विवरण के छ ? सेवाग्राहीले आफै फर्म भर्न पाउने गरी सजिलो व्यवस्था के गर्न सकिन्छ ? माालपोत र नापीप्रति देशभरका जनतामा नकारात्मक छाप छ भन्ने भुल्न भएन । यो भ्रष्टाचारको अखडा हो, त्यहाँ कहिले पनि सुद्ध हुन्न भन्ने कुरालाई निमिट्यान्न पार्नु पर्छ । मैले यो मन्त्रालय सम्हालिसकेपछि मालपोट र नापीबाट मात्र निलम्बीत र्कचारीको संख्या ७० नाघेको छ, मैले हेरिरहेको छु । यस्तै हो भने त मालपोत र नापीका कर्मचारी त सकिन्छन त । यी समग्र विषयमा सुधार ल्याउन के गर्नु पर्छ, सुझाव के छन् ?

प्रमुख मालपोट अधिकृत, नविन किशोर अधिकारीको जवाफः
सकेसम्म सेवाग्राहीलाई समस्या नपरोस र छिटो काम होस् भनेर काम गरिरहेका छौं । अहिले अनलाइनबाट फारम भर्ने र डकुमेन्टहरु इस्क्यान गरेर राख्न निर्देशन दिइएको छ । तर इक्यान गर्न धेरै समय लाग्दो रहेछ । अनि मुख्य समस्या इन्टरनेटको छ । इन्टरनेट नै चल्दैन । सुविसुको नेट राम्रोसँग नचल्दा समस्या भयो । इन्टरनेट नै नचलेपछि अस्ती त हामीले सूचना टाँसेर कार्यालय बन्द गर्यौं । सेवाग्राहीको मुख्य गुनासो नै यसैमा आउँछ ।