पहिलोपटक गाउँमा बत्ति बल्यो: स्थानीय बासिन्दा हर्षित


अर्जुन बोहरा, हुम्ला ।
हुम्लाको सर्केगाढ १ र मुगु जिल्लाको शोरु गाउँपालिका ५का स्थानीय बासिन्दाले पहिलो पटक बती बालेका छन । दुबै जिल्लाका दुर्गम गाउँमा अहिले सम्म बति नभएको अबस्थामा स्थानीय बास्न्दिाको अथक प्रयासमा बति बालेका हुन । जैर गाउँमा पानीको श्रोत नभएकोले दुबै जिल्लाका गाउँले मिलेर अँध्यारो बाट मुक्त गराउनको लागि अहिले ६५ किलो वार्डको नेरघाट सानाजलविद्युत आयोजनाबाट विजुली उत्पादन भएको छ ।
२०६८ देखि मुगुको साविकको फोतु गाउँविकासले शुरु गरेको भए पनि निर्माण कार्यले निरन्तरता नभए पछि दुबै जिल्लाका नजिकका गाउँले मिलेर आफनै श्रम र अन्य निकाया बाट सहयोगले बति बोलेको निमार्ण समितिका अध्यक्ष ज्ञामी बुमीले बताउनु भयो । अध्यक्ष बुमीका अनुसार आफनो गाउँमा प्राप्त पानीका मुहान नभएकाले नजिककै छिमेकी जिल्ला अन्र्तगत फोतु गाउँमा प्राप्त मात्रमा पानीका श्रोत भएकै कारणले पहिलो पटक बती बाल्न सफल भएको बताए ।
जिल्ला फरक परेता पनि भौगलिका हिसाबले नेरघाट र जैर नजिक गाउँ भएको र परम्परागत रुपमै संस्कार गाँसिएकोले दुबै गाउँले बति बाल्न पाएको समेत सर्केगाढ गाउँपालिका उपाध्यक्ष जोशी धामीले बताउनु भयो । दुबै गाउँका बास्न्दिा लाई आ–आफनै जिल्ला सदरमुकाम सम्म पुग्न २ दिन लाग्ने भएकोले पनि प्राकृतिक, सांस्कृतिक, भावानात्मक कुरा मिलेकोले पहिलो पटक गाउँले मिलेर बति बालेको छन ।
भौगोलिक विकटता र आर्थिक स्रोतका कारण अघि बढ्न नसकेको दुबै जिल्लाका दुर्गम गाउँ लाई बत्तीबाल्नको लागि ५० लाख रकम विनियोजन गरेको सर्केगाढ गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले बताए । जिल्ला फरक भनियता पनि गाउँ निजीकै भएकोले पनि आगामी दिनमा आफुले अझै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।
बैकल्पिकउर्जा प्रबद्धन केन्द्र बाट २ करोड ५० लाख, सर्केगाड गाँउपालिकाको ५० लाख र सोरु गाँउपालिका बाट १५ लाख गरी कुल ३ करोड १५लाखको लागतमा नेरखोला जलविद्युतआयोजना निमार्ण सम्पन्न भएको नेरका स्थानीय बास्न्दिा धर्मबहादुर शाहीले बताउनु भयो ।
आयोजना बाट उत्पादनभएको ६५ किलोवाट बिधुत मुगु जिल्लाका सोरु गाउँपालिका ५का नेरगाउँका २सय घरधुरी र हुम्ला जिल्लाका सर्केगाढ गाउँपालिका १ जैरका ३ सय घरधुरी लाई विद्युत बती लाई जोडने भएको छ ।
बर्षाै दिन देखि अलपत्र परेको विद्युत आयोजन अहिले आएर दुबै गाउँलेको अथक प्रयासमा बति बालेका छन । विद्युत निमार्ण ढिलाई हुनको कारण मेसिनहरु निमार्ण स्थलमा सम्म पु¥याउन ढुवानीका लागी हेलिकप्टर प्रयोग गरिनु पर्ने अबस्थामा समय लम्बिएको समेत निमार्ण समितिले बताए ।
नेपाली सेनाको हेलिकप्टर मार्फत निमार्णका सबै सामान ढुवानी गरी ६५ किलोवाट बिधुत उत्पादन गरी सबै गाउँमा बिजुली बालेर उज्यालो बस्ने आफनो समप्नन पुरा भएको स्थानीय बासिन्दा हिरादेवी शाहीले बताईन् ।
दुबै गाउँमा बिजुली बलेपछी अहिले दुबै गाउँकाबासिन्दा हर्षित भएका छन । जंगलबाट ल्याएको सल्लाहाको झरो कै भरमा उज्यालो गरेर दिन विताएको जैरकी स्थानीयबासिन्दा ५२ वर्षिय हिरादेवी शाहीले बतार्ईन । हाम्रा गाउँमा झरो बाल्दा अधिकाँस वयावृद्धा लाई दम लगायतका अन्य रोगलेविरामी भई अधिकाँस अकालमा ज्यान जाने भए पछि अब घरमै बिजुली बलेपछी आफुहरु हर्षित भएका मुगु जिल्ला सोरु गाँउपालिका ५ नेहर गाँउ निवासी बिर्ख बहादुर शाहीले बताए ।