डुवान र कटान रोक्न खोला किनारमा बाँस रोपण


बुटवल ।
बर्षा याममा सुखौरा खोलाले गर्ने कटान र डुवान नियन्त्रण गर्नका लागि शँकरनगर सामुदायिक वन उपभोक्ता समूहले सुखौरा खोला किनारमा बाँसका बिरुवा रोपण गरेको छ ।
बुटवल धागो कारखाना छेउ हुंदै बग्ने सुखौरा खोलाले बर्षा याममा सामुदायिक वन क्षेत्र, तिलोत्तमा वडा नम्वर १ तथा साविक करहिया गाविसका केही वडाहरुमा कटान तथा डुवान गरेकाले सामुदायिक वनको बार्षिक कार्ययोजना अनुसार बाँसका विरुवा रोपिएको समूहका अध्यक्ष राम गिरीले जानकारी गराउनु भयो ।
सामुदायिक वनका उपाध्यक्ष रबिन्द्र बस्नेतको संयोजकत्वमा समूहका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुको सहभागितामा सुखौरा खोलाको दायाँ बायाँ दुई किलो मिटर क्षेत्रमा बाँसका बिरुवा रोपिएको छ ।
सुखौरा खोलाले प्रत्येक बर्ष बर्षा याममा सामुदायिक वनको ७–८ किलोमिटर क्षेत्रमा कटान तथा डुवान गर्दै आएकोले खोलाको कटान तथा गाउँ वस्तीमा हुने डुवान नियन्त्रणका लागि यो वर्ष खोलाको दायाँ बायाँ दुई किलो मिटर क्षेत्रमा ५० वटा बाँसका बिरुवा रोपिएको समूहका उपाध्यक्ष रविन्द्र बस्नेतले बताउनु भयो ।
सामुदायिक वनको कार्ययोजना अनुसार खोलाले बढी क्षति पु¥याएको क्षेत्रमा आवश्यक्ता अनुसार पक्की पर्खाल लगाउने र अन्य ठाउँमा खोलाको दायाँ बायाँ किनारमा प्रत्येक वर्ष बाँसका विरुवा रोपण गरिने छ ।
यसका लागि सामुदायीक वनले आफ्नै नर्सरीमा बाँसका विरुवा उत्पादन गर्दै आएको छ ।