बेवारिसे शिशु भेटिएपछि आमा–बुवा खोज्दै प्रहरी


प्युठान ।
प्युठानको आँपचौरमा एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलका अनुसार माण्डवि गाउंपालिकाको वडा नं। ३ मा अन्दाजी पन्ध्र सोह्र महिनाको उक्त शिशु फेला परेका हुन। आंपचौरस्थित रामप्रकाश नेपालिको गोठमा बुधवार विहान शिशु फेला परेको प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए ।

उनले बच्चाको आमावुवाको पहिचानका लागि जिल्लाभरका प्रहरी चौकी मार्फत अनुसन्धान तथा खोजविन सुरु गरेको समेत जनाए । उनले भने शिशुका बुवा आमालाई प्रहरीले खोजी गरिरहेको छ ।

नवजात शिशु अहिले जिल्ला अस्पताल बिजुवारमा सुरक्षित राखिएको छ ।