डा.केसीको स्वास्थ्य अवस्था झन झन खस्कदो


भगवती तिमल्सिना, काठमाण्डौ ।


प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था झन झन खस्कदो सरकार आफ्नै अडानमा छ । डा.केसीको छातीको बीच भागमा दुखाई, कमजोरी, चक्कर लाग्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, मांशपेशी बाउँडिने, बिसाबमा किटोन बढी ५ प्लस, सेतो रक्तकोशिका त्रमिक रुपमा घट्दै गएको , रगतमा चीनीको मात्रा घट्दै गएको , रगतमा म्याग्नेसियमको मात्रा घट्दै गएको र मुटुको चाल तल माथी भईरहेको उपचारमा संलग्न डा.प्रवीण कुमार गिरी डा.धिरज गुरुङ र डा.सिद्धार्थ खातीले जारी गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

उहाँको स्वास्थ्यमा प्रत्येक दिन समस्या थपिदो छ त्यसैले बुधबार बिहान पुनः शरिरको सम्पूर्ण अवस्थाका बारेमा परिक्षण गर्ने उल्लेख गरिएको छ । विगत ११ दिन दखि चिकित्सा शिक्षाको स्थायी व्यवस्थापनको माग राख्दै आमरण अनसन बस्नुभएका चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्थाका बारेमा समेत सरकारले व्यवास्था गरेकाले नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य सेवा बन्द गराउन बाध्य हुने चेतावनी दिएको छ ।

संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले मंगलबार केसीको स्वास्थ्य सम्बन्धी माग तत्काल सम्बोधन नभए इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गराउन आफूहरु बाध्य हुने चेतावनी दिनुभएको हो । उहाँले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य गम्भिर ध्यानाकर्ष भएको जनाएको छ ।
अध्यक्ष श्रेष्ठले संघका तर्फबाट आफुहरुले प्रधानमन्त्री केपी ओलीलाई भेटेरसमस्या समाधानका लागि उच्चस्तरीय समिति तत्काल बनाउन माग गरिसकेको जानकारी गराउनुभयो ।

संघले केसीको माग सम्बोधन गर्न सरकारलाई दबाव दिदै विगत ३ दिनदेखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । अध्यक्ष श्रेष्ठले डा केसीको मागलाई राजनीतिक आवरणबाट हेर्न नहुने पनि धारणा राख्नुभयो । विगत ११ दिन देखि जुम्लामा आमरण अनसन बस्नुभएका डा.केसीको माग प्रति नेपाल चिकित्सक संघले पनि समर्थन जनाउँदै आइरहेको छ ।
डा. के.सी.को जीवन रक्षाका लागि नेपाल चिकित्सक संघले मंगलबार कार्यकारिणी समितिका पदाधिकारी एवं सदस्य, नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष एवं महासचिव, नेपाल चिकित्सक संघ परिषद्का सदस्यहरु, काठमाडौं उपत्यकामा रहेका अस्पतालका निर्देशकहरु, विभिन्न बिशेषज्ञ समाजका अध्यक्ष एवं महासचिवहरु, साथै अन्य सरकारी तथा निजी अस्पतालका चिकित्सकहरुसँग संघको कार्यालयमा भएको छलफलबाट प्राप्त

भएको सुझाब अनुसार संघको कार्यसमितिको निर्णय बमोजिम निम्न लिखित ऐक्यबद्धताका कार्यक्रमहरु संचालन गर्ने सर्व सम्मत निर्णय गरियो ।

कार्यक्रमहरु

१) देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आ–आफ्नो स्वास्थ्य संस्थामा अर्को निर्णय नहुँदा सम्म प्रत्येक दिन दैनिक कार्य शुरु हुने समयबाट १ घण्टा कालोपट्टी बाँधी धर्ना, ¥याली लगायतका कार्यक्रमहरु संचालन गर्ने ।
२) नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय र संघका देशभरका शाखा कार्यालयहरुले सम्बन्धित जिल्लामा रहेका शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सँग समन्वय गरी संघले संचालन गरेका कार्यक्रमहरुका बारेमा छलफल गरी सहयोग पु¥याउन अपिल गर्ने ।
३) यी विरोधका कार्यक्रमहरु संचालन गर्दा समेत सरकारले निकासका लागि यथासिघ्र सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने सम्मका कार्यक्रमहरु संचालन गर्न संघ बाध्य हुनेछ । साथै यसबाट उत्पन्न हुने परिणतीप्रति नेपाल सरकार नै जिम्मेबार हुनेछ ।

उल्लेखित कार्यक्रमको कार्यान्वयनका लागि नेपाल चिकित्सक संघका शाखा कार्यालयहरु, देशभरका सम्पूूर्ण स्वास्थ्यकर्मी, चिकित्सकहरुलाई यसै विज्ञप्ती मार्फत जानकारी गराइन्छ । साथै संघले संचालन गरेका कार्यक्रमप्रति ऐक्यबद्धता जाहेर गरी डा. गोविन्द के.सी.को जीवन रक्षा गर्नका लागि विभिन्न संघ संस्था, शुुभेच्छुक, पत्रकार, बुुद्धिजीवि, सर्वसाधारण, नागरिकहरु एवं स्वास्थ्यसँग सम्बन्धित सम्पूूर्ण सरोकारवाला निकायहरुमा यस संघ हार्दिक अपिल गर्दछ ।

त्सैगरी लोकतान्त्रिक संस्कार र पद्धतिका लागि प्रजातान्त्रिक बिचार समाजले जारी गरेको विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष कृपी ओली नेतृत्वको सरकारले पछिल्ला दिनमा देखाएको रवैयाले सरकार कतै सर्वसत्तावाद तर्फ उन्मुख त भएको छैन भन्ने गम्भिर प्रश्न उठाएको छ ।
प्रजातान्त्रिक बिचार समाजका आजिवन सदस्य एंव नेपाल संकृत विश्वविद्यालयका उपकुलपति कुल प्रसाद कोइराला कार्यालयकै कामको शिलशिलामा क्यानडा जाने क्रममा अठात् त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट फर्काउने काम भयो यसले विधि र कानुनी शासनकै खिल्ली उठाउने काम गरेको छ । विमानस्थलमा बोर्डिङ पास लिएर विमान चढ्ने तयारी गर्नु भएका उपकुलपति कोइरालालाई जसरी अपहरणकै शैलीमा प्रधानमन्त्री निवास बालुवाटार पु¥याएर अपमानित गर्दै फिर्ता गर्ने काम गरियो यस प्रति समाज घोर भत्र्सना गर्दछ ।

साथै चिकित्सा शिक्षामा सुधारको माग राख्दै आमरण अनशन बस्नुभएका चिकित्सक डा. गोबिन्द केसीको माग प्रति बिचार समाज एक्बद्धता प्रकट गर्दछ । आम जनताको चासो बनेको केसीको स्वास्थ्य र उहाँको माग प्रति अन्देखा गर्दै सरकार जुन बाटो हिंड्न खाजेको छ , त्यसले आम नागरिकलाई दुखीद तुल्याएको हाम्रो ठहर छ । जति सक्दो चांडो केसीले उठाएको माग पुरा गर्दै उहाँको जिवन रक्षाका निम्ति लाग्न सरकारसंग हामी जोडदार माग गर्दछौं ।

लामो समयदेखी गंगामाया अधिकारी आफ्ना छोराका हत्याराईलाई कारबाहीको माग गर्दै आमशरण अनशनमा हुनुहुन्छ । लोकतन्त्र, विधि र संवैधानिक सर्वोच्चता भएको मुलुकमा कानुन अनुसार दाोशीलाई कारबाही गर्न माग गर्दै अनशन बस्नुपर्ने जस्तो बिडम्वना अरु केही हसनन सक्दैन । समाज अधिकारीलाई न्याय दिलाउंदै उहाँको जिवन रक्षाका लागि सरकार र सरोकारवाला निकायहरुको गम्भिर ध्यानाकर्षण गराउंदछ ।

लोकतन्त्रको आधारस्तभ मानिने स्वतन्त्रता माथि सरकारी हस्तक्षेपको पछिल्लो उदाहारणका रुपमा सरकारले केही स्थानलाई निषेधित क्षेत्र तोक्नु हो । हिजो आफै संघर्षका लागि लडेको स्थान आज आफु सत्तामा पुगेपछि कसरी निषेधीत हुन सक्यो ? यस्तो काममा लाग्ने मानसिकता भनेको सर्वसत्तावादी सोच नै हो भन्ने हाम्रो ठहर छ । तत्काल यस्ता स्वतन्त्रताको मानक मानिने स्थानमा लगाइएको निषेधाज्ञा खारेज गर्न माग गर्दछौं । अन्यथा यसको उलंघनमा हामी आफैं समेत सहभागि बन्न बाध्य हुने चेतावनी समेत दिन चाहान्छौं, डा.केदार नर्सिह केसी अध्यक्ष र गोकर्ण अर्याल महासविचको संयुक्त हस्ताक्षरमा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।