छ वर्षीया बालिकाको डुबेर मृत्यु


कञ्चनपुर ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ झिलमिलाका गोविन्द पार्कीका छ वर्षीया छोरी रोशनीको नहरमा डुबेर मंगलबार मृत्यु भएको छ ।

नहरको डिलमा खेल्दै गरेका बेला रोशनी नहरमा खसेर डुबेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो ।

यसैगरी महाकाली नदीमा आज पहिचान खुल्न नसकेको अन्दाजी ४५ वर्षीय व्यक्तिको शव फेला परेको छ । नदीको बीच भागमा शव रहेको छ । नदीमा पानीको बहाव उच्च भएकाले शव निकाल्न नसकिएको प्रहरी नायब उपरीक्षक सेटीले बताउनुभयो ।
रासस