छात्रवृत्ति बढाउन विद्यार्थी संगठनको माग


काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट अनेरास्ववियू र अनेरास्ववियू ९क्रान्तिकारी० ले निजी शैक्षिक संस्थाले उच्च माध्यामिक तहमा दिइने छात्रवृत्तिको कोटा बढाउन सरकारसँग माग गरेका छन् ।

दुवै संगठनको आज बसेको संयुक्त बैठकले नयाँ छात्रवृत्ति नियमावली बनाई कम्तीमा २० प्रतिशत विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिनुपर्ने माग गरेको क्रान्तिकारीका उपाध्यक्ष वीरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

उहाँले अहिले निजी शैक्षिक संस्थाले दिइरहेको विद्यालय तहमा १० प्रतिशत र उच्चमावि तहमा पाँच प्रतिशतबाट बढाएर १० प्रतिशत दिन थालेको छात्रवृत्ति पर्याप्त नभएकाले बढाउन माग गरिएको बताउनुभयो ।

उहाँले गरिब, जेहन्दार एवं उत्पीडित सबै विद्यार्थीलाई अध्ययनका लागि छात्रवृत्ति दिनुपर्ने बताउनुभयो । बैठकले कक्षा ११ र १२ पढाउने निजी क्षेत्रबाट संचालित साविक उच्च माध्यमिक विद्यालयले बिना कुनै मापदण्ड मनपरि ढंगले लिएको र बढाएको शुल्क तत्काल खारेज गर्नुपर्ने, संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ ले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता गर्ने विद्यार्थी संगठनसँगको सहमति कडाईपूर्वक कार्यान्वयन गर्नुपर्ने मागसमेत गरेका छन् ।

यसैगरी मुलुक संघीयतामा प्रवेश गरेसँगै शुल्क निर्धारण, अनुगमन र छात्रवृत्ति वितरण गरिएको व्यवस्थालाई पनि व्यवस्थित रुपमा लैजान बैठकले माग गरेको छ ।
रासस