राष्ट्रियसभाबाट तीन विधेयक पारित


काठमाडौँ ।
राष्ट्रियसभा बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत ९बाइसौं संशोधन० विधेयक पारित गरेको छ ।

राष्ट्रियसभाको आजको दोस्रो बैठकले “आर्थिक विधेयक, २०७५”, “राष्ट्र ऋण उठाउने विधेयक, २०७५” र “ऋण तथा जमानत ९बाइसौं संशोधन० विधेयक, २०७५” लाई बहुमतले पारित गरेको हो ।

बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले तीनै विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १ गते बिहान ११ बजे बस्नेछ ।
रासस