विद्युत गृहमा आगलागि, ५ करोढको अनुमानित क्षति


नेपाल समाचारपत्र, काठमाण्डौँ ।
त्रिशुली जलविद्युत गृहमा आज भीषण आगलागि भएको छ । जलविद्युतमा आगलागिका कारण विद्युत प्रसारणका लागि उपयोगि १३ वठा बसवार्क जलेर नष्ट हुदा अनौपचारिक रुपमा ५ करोडको क्षती भएको जानकारी प्राप्त भएको छ ।

विद्युतमा आगलागि भई विद्युत प्रसारण नहुदा नुवाकोटमा रहेका चार वटा रेडियो समेत बन्द भईसकेका छन् ।

दिउसो लगभग १ बजेबाट शुरु भएको आगो निभाउनका लागि दमकलको प्रयोग असम्भव भएपछि ग्यासको प्रयोग गरेर नियन्त्रणको प्रयास गरिएको थियो तर पनि उक्त् आगो नियन्त्रनमा नआउदा आग्नि नियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरि आगो लाई साँझ ५ बजे  नियन्त्रनमा लिईएको हो । आगलागिका कारण धेरैका मोबाईलहरु चार्ज नभएर ठप्प भएका छन् ।

उक्त आगलागि विद्युत प्रसारण समितिकै लापरवाहीले भएको स्थानियले बताउछन् ।