राससलाई समयसापेक्ष बनाउनेबारे छलफल


वीरगञ्ज ।
राष्ट्रिय समाचार समिति ९रासस० का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ नेतृत्वको टोलीले आज वीरगञ्जस्थित स्थानीय संवाददाता, साझेदारी मिडियाका पत्रकार तथा कर्मचारीहरुसँग मुलुकको एक मात्र समाचार एजेन्सी राससको समाचार सम्प्रेपणलाई थप भरपर्दो, विश्वसनीय र समयानुकूल बनाउनेबारे छलफल ग¥यो ।

अध्यक्ष श्यामलले रासससामु रासस ऐन २०१९ लाई संशोधन गर्ने सबैभन्दा ठूलो चुनौती रहेको बताउनुभयो । नेपालको परिवर्तित सन्दर्भलाई विद्यमान ऐनले समेट्न नसकेको उहाँको भनाइ थियो । अध्यक्ष श्यामलले अहिलेको बदलिँदो परिस्थितिमा राससलाई संघीय संरचनामा लानुपर्नेमा जोड दिनुभयो ।

उहाँले समाचार प्रयोगमा इमान्दारीपूर्वक राससलाई श्रेय दिन पनि सबैसँग आग्रह गर्नुभयो ।

छलफल कार्यक्रममा वरिष्ठ पत्रकारहरु जगदीश शर्मा, चन्द्रकिशोर झा, महेश दास, लालबाबु शेख, नेपाल पत्रकार महासंघ पर्साका सभापति श्याम बञ्जारे, नेपाल पत्रकार महासंघ प्रदेश नं २ का सभापति दीपेन्द्र चौहानलगायतका पत्रकारहरुले देश संघीयतामा गइसकेपछि स्थानीय स्तरबाट प्रकाशित पत्रपत्रिकालाई कसरी राससको सेवा सर्वसुलभ र छिटो दिने र यसका शाखा कार्यालयलाई कसरी बलियो बनाउने भन्ने विषयमा सुझाव दिनुभएको थियो ।

राससका अध्यक्ष श्यामल नेतृत्वको टोलीले आजै वीरगञ्जको मीनाबजारस्थित राससको नारायणी अञ्चल कार्यालयको निरीक्षण ग¥यो । सो अवसरमा अध्यक्ष श्यामललाई रासस वीरगञ्जका प्रमुख वीरेन्द्र कर्णले राससको भौतिक संरचनाको अवस्था र समस्याबारे जानकारी गराउनु भएको थियो ।
रासस