लायन्स गभर्नरलाई पोखरामा भब्य स्वागत


टंकराज अधिकारी, पोखरा ।
लायन्स क्लव अन्र्तराष्ट्रियको १०१औं अन्र्तराष्ट्रिय सम्मेलनमा भाग लिई फर्केका डिष्ट्रिक्ट ३२५ वि १ नेपालका डिष्ट्रिक्ट गर्भनरलाई पोखरामा रहेका सम्पुर्ण लायन्स क्लवहरुले भब्य सम्मान तथा स्वागत गरेका छन ।
मंगलवार पोखरा विमानस्थलमा लायन्स क्लव इन्टरनेशनल डिष्टिक्ट ३२५ वि १ नेपालको केहि महिना अघि लायन बर्ष २०१८÷१९ का लागि निर्वाचित डिष्ट्रिक गभर्नर अशोककुमार श्रेष्ठ, डिष्ट्रिक्ट फष्ट लेडी रामशोभा श्रेष्ठलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा पोखरामा रहेका १२० क्लवका अध्यक्ष एवं डिष्ट्रिकका बिभिन्न तहमा रहेका डिष्ट्रिक पदाधिकारीहरुले गभर्नरलाई पुष्प गुच्छा, खादा र माला लगाएर स्वागत गरेका थिए ।
सो अवसरमा बोल्दै डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले पोखराका लायन्सहरुको स्वागत सम्मानबाट उत्साहित भएको बताउदै सेवाका नयाँ सताब्दीको पहिलो बर्षको जिम्मेवारी हाम्रो काँधमा आएको छ सम्पुर्ण लायन्सहरुको अदम्य साहस र सहयोगबाट नयाँ उर्जाका साथ यस डिष्ट्रिक्टलाई सफल डिष्ट्रिक्टको रुपमा लायन्स अन्र्तराष्ट्रियमा स्थापित गराउन आफु दृढ रहेको बताए । उनले भने हिजोका दिनमा जस्तै सबैको साथ र सहयोग पाउनेमा आफु बिश्वस्त रहेको पनि बताए साथै यस बर्षको डिष्ट्रिक्टको नारा लिभिङ वाई गिभिङ ‘दिएर बाँचौ’ लाई ह्दयगम गर्दै नयाँ ढंगले मानव सेवाका कार्यमा अत्यन्त उत्साह, हौसला साथ लाग्न समेत आग्रह गरे । गर्भनर श्रेष्ठले अन्र्तराष्ट्रिय सम्मेलनमा भाग लिदै गर्दा सुरुवाति कालदेखि नै नेपालको लाईनिजम विश्वमा चिनाउन पुर्व गर्भनरहरुले गरेको कार्य उत्कृष्ठ रहेको अनुभव पाएको बताउदै यस पटक पनि क्लबको गठनको हिसावले विश्वको नंम्बर १ मा डिष्ट्रिक्टलाई राख्न सफल भएको बताए ।
यसै बिच आजै पोखरा माटेपानी स्थित लायन्स सर्भिस सेन्टरमा स्थापित डिष्ट्रिक सचिवालयको डिष्ट्रिक गभर्नर अशोक कुमार श्रेष्ठले उद्घाटन गरेका छन । यस अघि पोखराबाट निर्वाचित डिष्ट्रिक गभर्नरले आफनै अनुकुलको सचिवालय स्थापना गरि सचिवालय सञ्चालन गर्ने गरेका थिए । ड
डिष्ट्रिक सचिवालय उद्घाटन कार्यक्रममा बोल्दै डिष्टिक्ट ३२५ का पूर्व मल्टिपल काउन्सिल चियर पर्सन प्रेम बहादुर श्रेष्ठले दिनको लक्षण विहानीले देखाउछ भने झै कार्यकाल सुभारम्भको क्षणमै प्राप्त गरेका सफलताले पुष्टि गरेको बताए । कार्यक्रममा डिष्टिक्ट सेक्रेटरी रामबहादुर बसेल, डिष्ट्रिक सचिवालय उद्घाटन कार्यक्रमका संयोजक तिर्थबहादुर बस्नेत जोनचेयरपर्सन पुजन शाक्य लगाएतले बधाई एवं कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए ।