खाँडाचक्र नगरसभा उदघाटन ५७ करोड ३० लाख बजेट प्रस्तुत


कालीवहादुर मल्ल, काठमाण्डौँ ।
कालिकोट असार २६ । जिल्ला सदरमुकाम रहेको खाँडाचक्र नगरपालिकाको तेस्रो नगरसाभा मंगलवार उदघाटन गरिएको छ । नगरप्रमुख जसीप्रसाद पाण्डेको अध्यक्षता र कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाहीको प्रमुख अतिथ्यतामा उदघाटन भएको हो ।

नगरसभामा उपप्रमुख विजया विष्टले आगामी आवमा अनुमानित आय मध्य नेपाल सरकार अनुदान अन्तरगत सरकारी वित्तीय हस्तान्त्रण सशर्त अनुदान १५ करोड ५३ लाख ३० हजार , वित्तीय समानिकरण अनुदान अन्तरगत १२ करोड ३७ लाख र राजस्व वाडफाडमा ६ करोड १० लाख प्रप्त हुने छ । यस्तै कर्णाली प्रदेश सरकारको अनुदान ५१ लाख ३९ हजार रहेको छ । यस्तै आन्तरिक राजस्व तर्फ ५० लाख, सामाजिक सुरक्षा तर्फ ४ करोड ८० लाख,सान सिंचाइ तर्फ ३६ लाख ८१ हजार युनिसेफको सशर्त कार्यक्रम तर्फ ५६ लाख ४९ हजार, वहुक्षत्रीय पोषण कार्यक्रम तर्फ १३ लाख ७८ हजार रहेको छ । साथै आव ०७४÷७५ को वजेटवाट वचत भएको छ ।

आव २०७५÷०७६ का लागि ५७ करोड ३० लाख वजेट प्रस्तुत गरेकीछ छन् । जस अन्तरगत भौतिक पूर्वाधार तर्फ ८ करोड, अन्य सेवा ४ करोड,नगर गौरवका योजना २ करोड ५० लाख,स्वास्थ्य क्षेत्रमा १ करोड ७० लाख प्रस्तुत गरिएको छ । यस्तै कृषि क्षेत्रमा १ करोड,पसु ४० लाख, वन २० लाख, सशर्त तथा संघ सस्था कार्यक्रम ३० करोड रहेको छ भने ,चालु खर्च तर्फ ७ करोड र आन्तरिक राजस्व १ करोड अनुमान गरिएको छ ।