संसदीय सुनुवाई समितिको सभापति भट्टराई बन्दै


नेपाल समाचारपत्र, काठमाडौं ।
संसदीय सुनुवाई समितिको सभापति योगेशकुमार भट्टराई बन्नुहुने भएको छ ।

भट्टराई सभापति हुन तयार भएपछि उहाँलाई नै सभापति बनाउने सहमति भएको जनाइएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा १२ जना सदस्यको नाम सुनुवाई समितिमा मनोनयन गरिएको थियो, त्यसअघि नै राष्ट्रियसभाले ३ जनाको नाम सिफारिस गरेको थियो । समितिमा १५ सदस्य रहने संवैधानिक व्यवस्था छ ।

समितिको सिंहदरवारमा मंगलबार बसेको पहिलो बैठकले कार्यविधि बनाउन उपसमिति गठन गरेको भट्टराईले जनाउनुभयो । भट्टराइसहित सांसदहरु शिवकुमार मण्डल केवट र पुष्पा भुसाल गौतम सदस्य रहनुभएको छ । भट्टराई र मण्डल नेकपा सांसद र गौतम कांग्रेस सांसद हुनुहुन्छ । ३ दिनभित्र कार्यविधि बनाइसक्ने समयसीमा तोकिएको छ । कार्य समिति बनाउन तीन उपसमिति गठन गरिएको छ । समितिका ज्येष्ठ सदस्य राजपा सांसद लक्ष्मणलाल कर्णको सभापतित्वमा बैठक बसेको थियो ।