१ लाख घुस सहित इन्जिनियर समातिए


नेपाल समाचारपत्र, काठमाडौं ।
बाँकेको डुडुवा गाँउपालिकामा कार्यरत ईन्जिनियर तेजराज खड्का १ लाख घुस सहित समातिएका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटेको टोलीले पक्राउ गरेको हो ।
माटो पटान तथा ग्राबेल सडक निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा उनलाई घुस सहित समातिएको अख्तियारले जनाएको छ ।