डा.केसीको माग हुबहु सम्बोधन हुँदैन: गुरुङ


नेपाल समाचारपत्र, भक्तपुर ।
नेकपाका प्रमुख सचेतक देव गुरुङले गोबिन्दे केसीले उठाएको मागहरु हुबहु सम्बोधन गर्नु पर्छ भन्ने भनाई गलत भएको बताउनु भएको छ ।
रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले केही मागहरु जायज भएता पनि मागका बारे केसीले भने जस्तो हुबहु सम्बोधन नहुने भन्दै यसलाई जनाताको सर्बोच्चो निकाय संसदले सम्बोधन गर्ने बताउनु भयो ।

चिकित्सा बिधेकका बारे जुम्लामा अनसनरत गोबिन्द केसीको स्वास्थ्य उपचार सरकारले काठमाडौं ल्याएर गर्न तत्पर रहेता पनि केसीले नै नमानेको र उहाँको स्वास्थ्यका बिषयमा सरकार पनि गम्भीर रहेको बताउनु भयो ।

जनताले बिरोध गर्ने अधिकार मौलिक हकम रहेता पनि बिरोध गर्ने निश्चि स्थान तोक्नु सरकारको अधिकारको बिषय भएको उहाँले बतउनु भयो । निश्चित स्थान तोक्दैमा सरकालाई अधिनायकवादी भनेर आरोप लगाउनु गलत भएको भन्दै यो लोकतन्त्र अनुसार नै सरकारले नियर्ण गरेको बताउनु भयो ।

उपकुलपति कुलप्रसाद कोइरालाको भ्रमण सरकारको स्विकृति बिना नै भएको देखिएको र बिधिअनुरुप नभएकाले यस्तो अवस्था श्रृजना भएको उहाँले बताउनु भयो । कोइरालाले पनि देशको कानुन भन्दा बाहिर गएर काम गर्न नमिल्ने भन्दै बिना स्विकृति बिना बिदेश भ्रमणमा जान लागेकाले रोक लगाएको उहाँले बताउनु भयो ।

पेट्रोलिय पदार्थमा नेपालको पहुँच नहुनु र छिमेकी देशसँग आत्मनिर्भर हुनु पर्ने बाध्यता रहेकाले नेपालको बजारमा हुने मूल्इ बृद्धि नियन्त्रण गर्न कठिनाई हुने उहाँले बताउनु भयो । उहाँले सकराले दक्षिण तर्फ मात्र नभएर उत्तर तर्फ बाट समेत इन्धन खरिदको प्रक्रिया अघि बढाउन पर्नेमा जोड दिनु भयो ।