नाई ब्यवसायीलाई नेपाल नाई टेड्र युनियनको पोशाक बितरण कार्यक्रम सम्पन्न


नेपाल समाचारपत्र, भक्तपुर ।
भक्तपुर जिल्ला रहेका नाई ब्यवसायीलाई नेपाल नाई टेड्र युनियनले पोशाक बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
रफत सञ्चार क्लबमा आयोजित कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय अध्यक्ष गजेन्द« ठाकुरले भक्तपुरलाई कर्म बनाएर काम गरिरहेका नाई ब्यवसायीहरुलाई पोशाक बितरण गरेका हुन् ।

उनले सबै नाई ब्यवसायीहरुलाई आफ्नो स्वास्थ्यको ध्यान दिँदै काम गर्न आग्रह गरे ।
नाई ब्यवसायीहरुको स्वास्थ्यलाई मध्येनजर गर्दे पोशाक बितरण गरिएको भक्तपुर नाई टेड्र युनियका अध्यक्ष जितेन्द्र कुमार ठाकुरले बताए । उनले भने भक्तपुरमा नाई टेड्र युनियनमा आवद्ध रहेका झन्डै १२० नाई पशल रहेको र झन्डै ८० नाई पसल टेड्र युनियनमा आवद्धताका लागि प्रक्रियाम रहेको जानकारी दिए ।

उनले भने भक्तपुरमा मात्र नाई ब्यवसायमा पाँच सय भन्दा बढीले रोजगारी पाएको र उनीहरुको घर परिवारको आर्थिक गुजरा चलेको बताए ।

नाई ब्यवसायमा आवद्ध रहेका कामदारहरुको स्वास्थ्यलाई ख्याल गर्दै डा इवामुरा अस्पतलाले उनिहरुलाई पोशाक उपलब्ध गराएको अस्पतालका ब्यवस्थापक रञ्जित मारिखुले जानकारी दिए ।

उनले भने कपाल काड्दा होस् वा दारि काट्दा नाई कामदारहरुले आफ्नो स्वास्थ्य प्रति त्यती ख्याल नर्गेन भएकाले स्वास्थ्य सम्बन्धि जानकारी दिनुका साथै स्वास्थ्य प्रति सजक रहन पोशक बितरण कार्यक्रम गरिएको बताए । भक्तपुर नाई टेड्र युनियनमा आवद्ध कामदारका लगि अस्पतालले छुटको ब्यवस्था गरेको जानकारी दिए ।