जिल्ला बनका ब्यवसायीक प्लट निर्माण


मोतीराम तिामल्सिना, काभ्रे ।
प्रधानमन्त्री राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले कर्मचारी तथा सरोकारवालाहरुको स्थलगत अवलोकन गराएको छ । जिल्ला बन कार्यालयले उक्त परियोजना मार्फत गरेका कार्यक्रमहरुका बारेमा अवलोकन गराएको हो ।

परियोजना अन्र्तगत कृषि र बन सँग सम्वन्धित प्लट निर्माण गर्ने र तीन वटा प्लटलाई प्रदर्शनी गर्न मिल्ने बनाउन लागिएको जिल्ला बन कार्यालयका प्रमुख प्रेम खनालले बताए । जिल्लाको पनौती स्थित कुशादेवीको डिहिगाउँमा किवीको प्लट शुरु गरिएको छ भने बनेपाको पाण्डे गाउँमा १ हजार बोट सहितको कागतिको प्लट र अनेकोटको ज्यामिरकोटमा प्लट निर्माण भएको छ । जिल्ला भर प्लट सहितको १७ हजार ९ सय विरुवा वितरण गरिएको खनालले बताए ।

अवलोकनका क्रममा पनौतीमा रहेको खरिबोटको कृषि बन कार्यक्रम अवलोकन तथा समुहसँग अन्र्तक्रिया गरेको थियो । वडा अध्यक्ष तथा कृषि बन कार्यक्रमका अध्यक्ष केशव बञ्जाराले जिल्ला बन कार्यालयबाट प्राप्त विरुवाहरुलाई ब्यवसायीक रुपमा अगाडी बढाउन अपुग भएको बताए । सबै कृषकहरुलाई ब्यवसायीक रुपमा विरुवा रोपण गर्न खोजेकाले अपुग भएको बञ्जाराले बताए । नगर प्रमुख भिम न्यौपानले एक कार्यक्रमका बीच विरुवा वितरण गरेका थिए ।

पनौती ३ कुशादेवीको डिहिगाउँमा ८ रोपनी २ आना जग्गामा किवीको प्लट शुरु गरिएको छ । राजन सापकोटा र गोविन्दप्रसाद सापकोटाको जमिनमा ४ सय बोट किवी रोपिएको छ । जिल्ला बन कार्यालयका प्रमुख प्रेम खनाल, प्रधानमन्त्री राष्ट्रिय कृषि आधुनिकिकरण सुपरजोन कार्यक्रमका प्रमुख किशोर पन्त, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना लगायतले किवी, एभोकाडो, अंगुर, आलुपखेडा, कागती र अब्बाको विरुवाहरु बृक्षारोपण गरी प्लटको शुरुवात गरिएको थियो ।

उत्त प्लटमा कागति ५० बोट, एभोकाडो १० बोट, अगुंर ५ बोट रोपिनेछ । प्लट भित्र मकैको अलावा मसिनो तरकारी लगाईन्छ । धारापानी कृषि बन महिला समुहले लगाएको उक्त प्लटमा ७७ जना घर धुरीका २५ जना महिलाहरु सहभागि छन् । कृषि बाली र बन बाली बीचको सम्वन्धलाई यो कार्यक्रमले थप मजबुत बनाउने जिल्ला बन कार्यालय प्रमुख खनालले बताए । सेक्टर बन कार्यालय काभ्रेका प्रमुख रामकुमार भण्डारीले विरुवाको प्लटले ब्यवसायीक खेतिका लागि कृषकहरुलाई आर्कषण गर्न सहज हुने बताए । पाँचखाल २ ज्यामिरकोट स्थित कृषि बन नमुना प्लट र नालामा रहेको कृषि बन तथा नमुना प्लटको सोहि टोलीले अवलोकन गरेको थियो ।