‘भाषा थुवा उपाधि’ धाख्वालाई


काठमाडौँ ।
नेपाल भाषा परिषद्ले यस वर्षको ‘भाषा थुवा उपाधि’ यज्ञरत्न थाख्वालाई प्रदान गरेको छ ।

परिषद्ले आज यहाँ कविकेशरी चित्तधर हृदयको ११२ औँ जन्मजयन्तीका अवसरमा नेपाल भाषाको जगेर्ना गरेवापत धाख्वालाई रु २० हजार र कदरपत्र प्रदान ग¥यो ।

त्यसैगरी विभिन्न विधामा परिषद्ले पाँच जनालाई पुरस्कार दिएको छ । सोअनुसार जनही रु १०–१० हजारको चित्तधर पुरस्कार योगेन्द्र प्रधान, थाकुलाल पुरस्कार पुष्पराज राजकर्णिकार, मोतीलक्ष्मी पुरस्कार लोचनतारा तुलाधर, पूर्णहीरा पुरस्कार मोतीलक्ष्मी शाक्य र केशवलाल कथा पुरस्कार अनिता तुलाधरलाई दिएको छ ।

सो अवसरमा वाङ्मय शताब्दी सत्यमोहन जोशीले नेपाल भाषा नेवारहरुको प्रमुख सांस्कृतिक अङ्ग हो भन्दै आजका पुस्ताले नेपाल भाषा भुलेकामा दुखेसो व्यक्त गर्नुभयो ।

रासस