पाकिस्तानसँग व्यापार, पर्यटन, लगानी र क्रिकेटमा सहकार्य गर्न आग्रह


काठमाडौँ ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदसँग आज भएको शिष्टाचार भेटघाटमा आगामी दिनमा दुई देशबीच व्यापार, पर्यटन, लगानी र क्रिकेटजस्ता खेलकूदमा सहकार्य गर्दै जानुपर्ने बताउनुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा भएको भेटघाटमा पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०मा खेलेको भूमिका र आतंकवादविरुद्ध चलाएको अभियानको प्रशंसा गर्दै क्षेत्रीय समस्यामा संयुक्त रुपमा समाधान खोज्नुपर्ने बताउनभुएको अध्यक्ष तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिनुभयो ।

भेटमा पाकिस्तानका राजदूत जावेदले पाकिस्तान मित्र राष्ट्रसँगको सहकार्यमार्फत विकास र समृद्धिमा केन्द्रित भएको बताउँदै अध्यक्ष तिमिल्सिनालाई पाकिस्तान भ्रमणको निम्तो दिनुभयो ।
रासस