पर्यटन श्रमिकलाई तालीम


काठमाडौँ ।
नेपाल पर्यटन बोर्डको प्रायोजनमा तीन पर्यटन क्षेत्रमा काम गरिरहेका श्रमिक संगठनले पर्यटन व्यवसायमा आबद्ध श्रमिकलाई तालीम दिन शुरु गरेका छन् ।
“पेशा वा व्यवसाय मात्र नभएर पर्यटन कर्म भनेको साहस, सीप, ज्ञान, व्यवहार र विवेकसँग कसरी जोडिएको छ भन्नेबारे विज्ञले कक्षामा प्रष्ट पार्नेछन्”, कार्यक्रम संयोजक अशोक सिलवालले भन्नुभयो,“क्वान्टिटी टुरिज्मको प्रसंगले बजार तातेको यो बेला यो कार्यक्रमले क्वालिटी टुरिज्मका लागि जोड दिनेछ ।”
आधिकारिक पर्यटन श्रमिक संगठन युनिट्राभ, नेपाल पर्यटन श्रमिक संघ र अखिल नेपाल पर्यटन मजदूर संघको संयुक्त आयोजनामा छ दिनसम्म सञ्चालन हुने तीस विषय समावेश गरिएको तालीममा करीब १५० पर्यटन श्रमिक संलग्न छन् ।
रासस