खोलामा डुबेर प्रवीणकुमारको मृत्यु


लहान ।
स्थानीय मैनामती खोलामा डुबेर आज सिरहा नगरपालिका– १५ का कृपाल मण्डलका छवर्षीय छोरा प्रवीणकुमारको मृत्यु भएको छ ।

आमासँग नुहाउन जाँदा खेल्ने क्रममा खोलामा डुबेर सिकिस्त भएका बालकको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रासस