भएन ग्वार्काेमा फोहोर व्यवस्थापन


नेपाल समाचारपत्र, काठमाण्डौँ ।
ललितपुरको ग्वार्काेमा केहिदिन यताबाट फोहोर व्यवस्थापन हुन सकेको छैन । फोहोरको डङ्गुर थपिने क्रम जारी रह्यो तर फोहोर व्यवस्थापन गर्ने अत्तापत्तो छैन ।
उक्त फोहोरका कारण त्यहा बस्ने स्थानिय लगायत त्यस बाटो बाट आवज जावज गर्ने मानिसलाई समेत डङगुर गन्हाए समस्या परेको छ । पहिलेका दिनहरुमा महानगरको गाडि आएर फोहोर उठाएर लग्ने गथ्र्याे तर केहि दिन देखि महानगरको गाडि देखा नपरेको स्थानियले बताउछन् । त्यहाका स्थानियले आज आउला भोलि आउला भन्दै फोहोर फाल्ने क्रम उस्तै छ तर फोहोर उठाउन महानगर गाडि अझै सम्म त्यहा गईपुगेको छैन ।