पाँच सय परिवारलाई सोलार वितरण


हरकसिंह धामी, कञ्चनपुर ।
भीमदत्त नगरपालिले पाँच सय परिवारलाई सोलार वितरण गरिएको छ । नगरपालिकाको पहलमा वैकल्पीक उर्जा पवद्र्धन केन्द्रको प्राविधिक सहयोगमा विपन्न तथा दलित परिवारलाई सोलार वितरण गरिको छ । उज्यालो भीमदत्त कार्यक्रम अन्र्तगत नगरका विपन्न परिवारलाई सोलार वितरण गरिएको भीमदत्त नगरपालिका नगर प्रमुख सुरन्द्र विष्ट बताउनु भयो ।

साथै उत्त कार्यक्रम अन्र्तगत नगरका विभिन्न वडामा सडक बक्ति समेत जडान गरिएको नगर प्रमुख विष्टको भनाई रहेको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर तीनका प्रतिनिधि सभा सदस्य डा. दिपक प्रकास भट्टले विपन्न दलीतहरुको आर्थिक विकासका लागी आफुले केन्द्रमा आर्थिक साहेताको लागी पहल गर्ने बताउनुभयो ।

भिमदत्त गगरपालीकाको १ नं. वडाका ८ परीवार, २ नं. वडाका २ परीवार, ३ नं. वडाका ३७ परीवार, ४ नं. वडाका ३ परीवार, ५ नं. वडाका २५ परीवार, ६ नं. वडाका ६ परीवार, ७ नं. वडाका १० परीवार, ८ नं. वडाका ७ परीवार, ९ नं. वडाका १६ परीवार, १० नं. वडाका २३ परीवार, ११ नं. वडाका ११ परीवार, १२ नं. वडाका १९ परीवार, १३ नं. वडाका ६६ परीवार, १४ नं. वडाका ९ परीवार, १५ नं. वडाका ४० परीवार, १६ नं. वडाका १ परीवार, १७ नं. वडाका १३ परीवार, १८ नं. वडाका १९६ परीवार, र १९ नं. वडाका १० परीवारले सोलार प्रप्त गरेका छन । भीमदत्त नगरपालीका १८ का राम दमाईले बेलाबेलामा लोड सेडिङ हुने गर्दा धेरै समस्या गरेको थियो र यसका साथै विद्यार्थि पढनको पनि सयस्या भएको थियो ।

नगरपालीकाले सोलार वितरण गरेर आफु जस्ता विपन्न र दलितलाई ठुलो सहयोग पुगेको दमाईले बताउनुभयो । कार्यक्रममा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर तीनका प्रतिनिधि सभा सदस्य डा. दिपक प्रकास भट्ट प्रमुख आथित्थता रहेको थियो भने नगर प्रमुख सुरेन्द्र विष्ट सभापति रहेका थिए ।