गृहमन्त्री थापाद्वारा संसदलाई जानकारी


काठमाडौँ ।
संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा गृहमन्त्री रामबहादुर थापाले मुस्ताङमा भएको सडक दुर्घटनाका बारेमा सदनलाई जानकारी गराउनुभयो

असार २२ गते भएको सो टिपर दुर्घटनामा परी २० जना कामदारको मृत्यु भएको थियो । १२ जना घाइतेको मणिपाल अस्पताल पोखरामा उपचार भइराखेको मन्त्री थापाले जानकारी दिनुभयो ।

उहाँले मृत्यकका परिवारलाई राहतस्वरुप रु पाँच लाख दिइने उहाँले सदनलाई जानकारी गराउँदै घाइतेको अवस्था सुधारोन्मुख रहेको बताउनुभयो ।
रासस