ठुला योजनालाई प्राथमिकताः प्रदेशसभा सदस्य शर्मा


धनवीर दाहाल, काठमाण्डौँ ।
कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्माले कर्णाली प्रदेशले आगामि आर्थिक वर्षमा ठुला योजनाहरुलाई प्राथमिकता दिएको बताउनुभएको छ । कनिका छरे जसरी ससाना योजनामा बजेट हाल्दा ठुलो प्रतिफल नदेखिने भएकाले ठुला योजनालाई प्राथमिकता दिईएको उहाँको भनाई छ ।

प्रेस सेन्टर र प्रेस चौतारी रुकुमले संयुक्त रुपमा सदरमुकाम मुसीकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाल्दै प्रदेश सभा सदस्य शर्माले सडक, बिद्युत र खानेपानीका ठुला योजनालाई प्राथमिकता दिईको बताउनुभयो ।

जसमा प्रदेशका जिल्लालाई प्रदेश राजधानि संग र अन्तराष्ट्रिय सिमालाई जोड्ने सडकलाई बढी महत्व दिईएको उहाँको भनाई छ । त्यस्तै प्रदेशले आगामि वर्षका लागि रोजगारमुखी कार्यक्रमलाई समेत प्राथमिकता दिएर नीति तथा कार्यक्रम बनाएको उहाँले जानकारी गराउँनुभयो ।

केन्द्र र प्रदेश तथा प्रदेश र स्थानीय तहका साझा अधिकार के के हुने भन्ने टुंग्याउन र आवश्यक कानुन निर्माणमा पनि प्रदेश सरकार लागि परेको शर्माले बताउनुभयो । यसैविच उहाँले जनमैत्रि सेवा प्रवाह गर्न स्थानीय तहहरुलाई निर्देशन दिनुभएको छ ।

जनताले संघीयताबाट ठुलो आश गरेको र संघीयता सफल वा असफल हुने भन्नेमा स्थानीय तहको ठुलो हात हुने भएकाले दरो भएर काम गर्न स्थानीय तहलाई उहाँको निर्देशन छ ।

यो वर्ष निर्वाचनको वर्ष भएकाले पनि स्थानीय तहहरुले सोचे अनुसार कामको गति समात्न नसकेको बताउँदै उहाँले अहिले नै स्थानीय तहका काम कारवाहि प्रति टिप्पनि गरिहाल्ने अवस्था आईनसकेको समेत बतानुभयो ।

रुकुम९पश्चिम० क्षेत्र नम्बर दुईबाट निर्वाचित प्रदेश सांसद शर्माले आफुले प्रत्येक महिना आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने कार्यक्रम बनाएको सोही कार्यक्रम अनुसार रुकुम आएको पनि बताउनुभएको छ । कार्यक्रम उपस्थित पत्रकारहरुले विभिन्न जिज्ञाशाका साथै जिल्लाको पछिल्लो वस्तु स्थितिबारे जानकारी गराउँदै विभिन्न सुझावहरु समेत दिएका थिए ।