अनसनको नवौँ दिन डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै


भगवती तिमल्सिना, काठमाडौ ।
प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको बिशेष केयर युनिटमा राखेर मोनिटरिङमा हेरी उपचार गरिरहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
अनसनको नवौं दिन उपचारमा संलग्न चिकित्सक टोली डा.प्रविण कुमार गिरी, डा. धिरज गुरुङ र डा.सिद्धार्थ खातीले सामुहिक हस्ताक्षरमा जारी गरेको रिपोर्ट अनुसार डा.केसीको छातीको बीच भागमा दुखाई, कमजोर, थकान महसुस, मांसपेशी बाउडिने, टाउको दुख्ने तथा चक्कर लाग्ने, पिसाबमा किटान बढी रहेको समस्या देखा परेको छ ।
यतिबेला उहाँको निरन्तर मोनिटरिङ, नर्मल सलाईन दिईरहेको र आवश्यकता अनुसार अक्सिजन दिईको छ । रगतमा सेतो रक्तकोषको मात्रा क्रमिक रुपमा घट्दो क्रममा भएकाले संक्रमणबाट बचाउँन स्पेशल केयर युनिटमा राखी मोनिटरिङ जारी राखेको अन्य औषधि लिन नमानेको पनि चिकित्सक टोलीले जनाएको छ ।
निरन्तर मोनिटरिङका साथै संक्रमणबाट बचाउन कडाईका साथ आईसोलेशन मा राख्ने । प्राविधिक कारणले आइतबार हुन नसकेकोले सम्पूर्ण जाँचहरु सोमबार बिहान मात्र हुने पनि उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार डा.केसीको छाती दुख्ने, मांसपेसी बाउँडिने, पिसाबमा किटोनी बढी देखिएको छ । यो हुुनुको प्रमुख कारण शरिरमा शक्ति नभएका कारणले भएको हो । विगतका अनसनमा यो अवस्थाको सृजना अनसन बसेको दोस्रो सातापछि मात्र देखिन्थ्यो भने यतिबेला ५ औं अनसन देखि नै शुरु भएको छ । उहाँको स्वास्थ्यमा जुनसुकै बेला जे पनि हुन सक्ने अवस्था छ । उहाँलाई कुनबेला आईसियुमा राख्नुपर्ने हुन्छ थाहा छैन । उहाँको जीवन रक्षाको लागि सरकारले सम्बोधन गरि तत्काल काठमाडौ लैजाने या जुम्लामानै स्रोत साधन पुयाउने बारेमा सोच्न ढिला भैसक्यो । समयमै सोचेन भने राष्ट्रको लागि यो ठूलो क्षति हुनेछ ।
यता सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा. केसीलाई आमरण अनसन तोडेर वार्तामा आउन आवहान गर्नुभएकोछ ।
मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जस्ताको तस्तै संसदमा पेश गरिएको उल्लेख गर्दै आमरण अनसन तोडेर वार्तामा आउन डा केसीलाई आवहान गर्नुभएको हो । उहाँले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेर शिक्षा क्षेत्रमा भएका सबै विकृति र विसंगतिलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउँनुभयो ।
आइतबार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सरकार केदारभक्त माथेमा प्रतिवेदन कार्यान्वयन गर्न तयार रहेको पनि प्रष्ट पार्नुभएको हो । जुम्लामा आमरण अनसनमा बस्नु भएका डा केसीलाई तत्काल काठमाडौंमा आउन पनि मन्त्री पोखरेलले आग्रह गर्नुभयो ।
शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा क्षेत्र न २ का सांसदहरुसँगको छलफलमा डा.केसीलाई जनताको करबाट सरकारको जागिर खाएर सरकारकै बिरोध नगरी काम फर्किन कडा शब्दमा निर्देशन दिनुभएको छ । उहाँले राजनीतिक बहस गर्ने भए राजीनामा दिएर राजनीतिमा आउन समेत चुनौति दिनुभएको छ । ति दिनुभएको छ ।