खोलामा डुबेर रानाको मृत्यु


कञ्चनपुर ।
कञ्चनपुरको बेलौरी नगरपालिका हात्तीबोझाका ५६ वर्षीय प्रसाद रानाको खोलामा डुबेर आज मृत्यु भएको छ ।

घर नजिकैको सुतिया खोलामा माछा मार्ने क्रममा रानाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीÔक ज्ञानबहादुर सेटीले बताउनुभयो । खोलामा डुबेको केही घण्टापछि मात्रै रानाको शव फेला परेको उहाँले बताउनुभयो । रानको शव आफन्त जिम्मा लगाइएको छ ।
रासस