ट्यूनिसियामा आतङ्ककारी आक्रमणमा परी छ सैनिकको मृत्यु


ट्यूनिसिया ।
अल्जेरियासँगको ट्यूनिसियाली सीमा क्षेत्रमा आइतबार ‘आतङ्ककारी आक्रमण’ भएको ट्यूनिसियाली आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

यसपहिलेको मृतक सङ्ख्यालाई अद्यावधिक गर्दै मन्त्रालयले भनेको छ, “ऐन सुल्तान क्षेत्रमा सीमा क्षेत्रको गस्तीमा तैनाद सुरक्षा गार्डलाई लक्षित गरी जमिनमुनि विछ्याइएको विद्युतीय धराप विष्फोट गराउँदा छ जनाको मृत्यु भएको छ ।” यस अघि उक्त घटनामा आठ जनाको मृत्यु भएको मन्त्रालय स्रोतले जनाएको थियो ।

स्थानीय समय अनुसार बिहान ११ः४५ बजे भएको विष्फोटपछि आक्रमणकारीले सुरक्षाकर्मीमाथि गोलीसमेत चलाएको थियो ।

मन्त्रालयका प्रवक्ता जनरल सुफयान अल–जाकले आक्रमणलाई आतङ्ककारी हमला भएको जनाउँदै ट्यूनिसियामा पर्यटनका लागि अनुकुल मौसम मानिने समयमा भएको हमलाको कुनै समूहले जिम्मेवारी भने नलिएको बताउनुभयो ।

यु पहिले सन् २०११ मा भएको सत्तासमिकरण पछि दर्जनौँ सुरक्षाकर्मी र ५९ पर्यटकले ज्यान गुमाएका छन् ।

सरकारले सन् २०१५ को नोभेम्बरदेखि उक्त मुलुकमा सङ्कटकालको घोषणा गरेको थियो । सन् २०१५ मा स्लामिक समूहले जिम्मा लिएको एक विष्फोटमा परी राष्ट्रपतिका १२ जना सुरक्षा गार्डको निधन भएपछि सङ्कटकालको घोषणा भएको हो ।
रासस