प्युठानको बड्डडाडामा प्राईम बैंकको शाखा बिस्तार


नेपाल समाचारपत्र, प्युठान ।
प्राईम कर्मसियल बैंकले प्युठानको बड्डडाडामा नया शाखा बिस्तार गरेको छ । बैकले आफ्नो शाखा संजाल बिस्तारको क्रममा शुक्रवार प्युठानको सरुमारानि गाउँपालिका( ४ बड्डडाडा बजारमा शाखा बिस्तार गरेको हो । यो समेत गरी बैंकको कुुल शाखा संख्या ६३ पुुगेको छ ।

बैकका अनुसार स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका विच गाउपालिका अद्यक्ष झग बहादुर बिश्वकर्माले शाखा कार्यालयको बड्डडाडामा समुदघाटन गरेका हुुन ।

यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गर्दछ । यस क्षेत्रमा वाणिज्य बैंकहरुका शाखा नभएकोले बैंकले स्थानीय जनतालाई सहजरुपमा वित्तीय सेवा उपलब्ध गराउने जानकारी सो अवसरमा दिइयो । साथै बैंकले निक्षेप कर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त ,आत्मीय र ग्राहकमुखी बनाउने बैंकले जानकारी दिएको छ ।
बैंकका शाखा प्रवन्धकका अनुसार यस क्षेत्रमा बैंकले चुस्त तथा सुलभरुपमा सेवा प्रवाह गर्ने छ । गाउँ गाउँमा छरिएर रहेको निक्षेप संकलनका साथै बैंकले व्यापार, कृषि, पशुपालन, सवारी साधन आदि क्षेत्रमा कर्जा प्रवाह गर्नेछ ।