एन सि सि बैकमा नक्ली नोट फेला


हरकसिह धामी, कञ्चनपुर ।
कञ्चनपुरमा रहेको एन सि सि बैकंको शाखा कार्यलयमा नक्ली नोट फेला परेको छ । महेन्द्रनगरमा रहेको राष्ट्रीय वाणिज्य बैकंबाट योगेश पेलाले आप्नो नाममा रहेको खाताबाट ५ लाख रुपया झीकेर कञ्चनपुरमा रहेको एन सि सि बैकंमा जम्मा गर्ने क्रममा १ हजारको नक्ली नोट फेला परेको छ । एन सि सि बैकंका क्यासिरले नोट गणना गने क्रममा उक्त नोट फेला परेका हुन ।
एन सि सि बैकंकी व्रान्च मेनेजर संगिता शर्मा चटौतले क्यासिरले उक्त नोट नक्ली भनेर बताए पछी डिडेक्टिभ मेशीनमा राखेर हेर्दा नक्ली पाईएको बताउनु भयो । बजारमा नक्ली नाट छ भन्ने हल्ला सुनेका छौँ, यसका लागि आप्नो बैकं सचेत रहेको र यसका लागी डिडेक्टिभ मेशीन पनि राखेको चटौतले जानकारी दिनुभयो ।
राष्टीय वाणिज्य बैकंका शाखा प्रबन्धक कर्ण देव जोशीले यो नक्ली नोटको बारेमा एन सि सि बैकं बाट कुनै पनि लेखित जानकारी नआएको र यसको बारेमा जानकारी लिनको लागि सबै ठाउँबाट आएका पैसाको सिलिपबाट जानकारी लिन सकिने बताउनुभयो । नक्ली नोट चेक गर्ने मेशिन नरहेका जोशीले बताएका छन ।