‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार’ मल्ललाई


काठमाडौँ ।
नेपाल पत्रकार महासंघ र शिक्षा विभागले संयुक्त रुपमा प्रदान गर्ने ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ रुपन्देहीमा कार्यरत पत्रकार कृष्ण मल्ललाई प्रदान गरिने भएको छ ।

महासंघ र विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिशका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनोट मूल समितिको बैठकले ‘बुटवल टुडे’ र ‘शिक्षक मासिक’मा कार्यरत पत्रकार मल्ललाई प्रदान गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी दिनुभयो । पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै मल्ललाई रु ५१ हजार राशिको उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

यसैगरी, बैठकले सात प्रदेश र उपत्यकालाई एक प्रदेश मानी आठ प्रदेशलाई प्रदान गरिने रु २० हजार राशिको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ को निर्णय पनि सार्वजनिक गरेको छ ।

महासचिव विष्टका अनुसार प्रदेश नं १ बाट निरोज कोइराला ‘रेडियो नेपाल÷हिमालय टाइम्स’ ९भोजपुर०, प्रदेश नं २ बाट कृष्ण सिग्देल ‘राजधानी दैनिक÷अनलाइन खबर’ ९बारा०, प्रदेश नं ३ बाट चमारसिंह लामा ‘सामुदायिक सूचना नेटवर्क’ ९काभ्रेपलाञ्चोक०, गण्डकी प्रदेशबाट पवन पौडेल ‘दमौली एफएम’ ९तनहुँ०, प्रदेश नं ५ बाट पार्वती पाण्डे ‘बुद्धदर्पण दैनिक’ ९कपिलवस्तु०, कर्णाली प्रदेशबाट मेघराज खड्का ‘कारोवार दैनिक’ ९रुकुम०, प्रदेश नं ७ बाट गोकर्ण दयाल ‘गोरखापत्र दैनिक’ ९बैतडी० तथा उपत्यका प्रदेशबाट चन्द्र बानियाँ ‘रेडियो नेपाल’ ९काठमाडौँ० लाई प्रदान गर्ने निर्णय गरिएको छ ।

बैठकले सात प्रदेश र उपत्यकालाई एक प्रदेश मानी आठ प्रदेशअन्तर्गत प्रत्येक प्रदेशबाट दुईजना पत्रकारलाई प्रदान गरिने रु १५ हजार राशिको ‘प्रादेशिक शिक्षा लेखनवृत्ति–२०७४’ पनि घोषणा गरेको छ ।

प्रदेश नं १ बाट रमेशचन्द्र अधिकारी ‘कान्तिपुर दैनिक’ ९धनकुटा० र नारायणभक्त राई ‘ब्लाष्ट टाइम्स दैनिक’ ९सुनसरी०, प्रदेश नं २ बाट नगेन्द्रकुमार कर्ण ‘गोरखापत्र दैनिक’ ९महोत्तरी० र दीपेन्द्रप्रसाद सिंह ‘जनकपुर टुडे’ ९धनुषा०, प्रदेश नं ३ बाट मन्दिरा थापा ‘नेपाल टेलिभिजन’ ९दोलखा० र मनोज थापा ‘अर्थ नेपाल डटकम’ ९नुवाकोट०, गण्डकी प्रदेशबाट शान्ता कमली ‘नयाँपत्रिका दैनिक’ ९लमजुङ० र छविलाल तिवारी ‘नागरिक दैनिक’ ९पर्वत०, प्रदेश नं ५ बाट केशर रोका ‘अन्नपूर्ण पोष्ट दैनिक’ ९प्यूठान० र तेजेन्द्र केसी ‘दैनिकपत्र दैनिक’ ९रुपन्देही०ले सो लेखनवृत्ति पाउनुहुने भएको हो ।

यसैगरी, कर्णाली प्रदेशबाट नरजन तामाङ ‘नयाँपत्रिका दैनिक’ ९हुम्ला० र गणेश विक ‘नागरिक दैनिक’ ९रुकुम०, प्रदेश नं ७ बाट गगन ऐडी ‘नयाँपत्रिका दैनिक’ ९बाजुरा० र जगदीश रोकाय ‘अन्नपूर्ण पोष्ट दैनिक’ ९बझाङ० र उपत्यका प्रदेशबाट संयुक्तरूपमा नीता सापकोटा ‘नेपाल टेलिभिजन’ ९काठमाडौँ०, केशव भुल ‘सिआइएन’ ९काठमाडौं० र रामु सापकोटा ‘हिमाल खबर पत्रिका’ ९ललितपुर० लाई सो लेखनवृत्ति प्रदान गर्ने निर्णय गरिएको छ ।

यसैगरी, बैठकले उपत्यकासहित आठ प्रदेशका एफएम रेडियोलाई प्रदान गरिने रु २० हजार राशिको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ को पनि घोषणा गरेको छ । उक्त पुरस्कार पाउनेमा प्रदेश नं १ बाट ‘सामुदायिक रेडियो सोलु एफएम’ ९सोलुखुम्बु०, प्रदेश नं २ बाट ‘रेडियो निजगढ’ ९बारा०, प्रदेश नं ३ बाट ‘रेडियो तिनलाल’ ९रामेछाप०, गण्डकी प्रदेशबाट ‘मनास्लु एफएम’ ९गोरखा०, प्रदेश नं ५ बाट ‘रेडियो कृपालु’ ९प्यूठान०, कर्णाली प्रदेशबाट ‘चंखेली एफएम रेडियो’ ९कालिकोट०, प्रदेश नं ७ बाट ‘सेती सामुदायिक एफएम’ ९बझाङ० र उपत्यका प्रदेशबाट ‘रेडियो राजधानी’ ९काठमाडौँ० रहेका छन् ।

राष्ट्रियस्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने रु २५ हजार राशिको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ पत्रपत्रिकातर्फ ‘नागरिक दैनिक’ ९काठमाडौँ० र टेलिभिजनतर्फ ‘इमेज टेलिभिजन’ ९काठमाडौँ० लाई प्रदान गरिएको छ । साथै, अनलाइनतर्फको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार ‘एजुकेशन न्यूज नेपाल डटकम’लाई प्रदान गरिने भएको महासंघका महासचिव विष्टले जानकारी दिनुभयो ।

महासंघ र शिक्षा विभागले प्रत्येक वर्ष शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा पुरस्कार प्रदान गर्दै आएको छ । महासचिव विष्टले उक्त पुरस्कार यही असार २९ गते आयोजना गरिने कार्यक्रममा वितरण गरिने जानकारी गराउनुभयो ।
रासस