रुखले च्यापिएर एकजनाको मृत्यु


बाजुरा ।
गौमुुलगाउँपालिका–३ गर्जेमा रूखले च्यापिएर एकजनाको मृत्यु भएको छ ।

गौमुुलगाउँपालिका–३ गर्जेका २३ वर्षीय खण्टे बोहराको मृत्यु भएको हो । उहाँको उपचारका लागि नेपालगन्ज लैजाने क्रममा अछामको साँफेबगरमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

गम्भीर घाइते बोहराको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज रिफर गरिएको थियो ।
रासस