छथरमा ९४ प्रतिशत योजना सम्पन्न


तेह्रथुम ।
जिल्लाको छथर गाउँपालिकामा आर्थिक वर्ष २०७४÷७५ मा सञ्चालन भएका ९४ प्रतिशत योजना सम्पन्न भएको छ ।

‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार समृद्ध छथर निर्माणको आधार’ भन्ने मूल नाराका साथ आयोजित पहिलो गाउँसभामा तीय आयोजना पारित भएको जानकारी दिइएको हो ।
गाउँपालिकाका प्रमुख सन्तवीर लिम्बूले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाका प्रत्येक वडामा सञ्चालन भएका भौतिक पूर्वाधारका साथै लक्षित वर्गका कार्यक्रम सन्तोषजनक रुपमा सम्पन्न भएको बताउनुभयो ।

टोलस्तरबाट आएका योजनालाई महत्वका आधारमा प्राथकितामा राख्दै कार्य अगाडि बढाउनुपर्ने कार्यक्रममा सहभागीले बताएका थिए ।
छथर क्षेत्रका गाउँस्तरबाट आएका विवादका समस्यालाई न्यायिक समितिले सहजीकरण गर्न थालिसकेको गाउँपालिका उपप्रमुख तथा न्यायिक समितिका संयोजक तारा खरेल ढकालले बताउनुभयो ।

छथरको भविष्य नै सिधुवा–शुक्रबारे सडकमा जोडिएको र तीन दशक बितिसक्दा पनि वर्षभरि सवारी साधन सञ्चालनमा आउन नसक्दा छथरे जनता पीडाले पिरोलिएको गाउँपालिकाका सल्लाहकार तेजबहादुर कटुवालले बताउनुभयो ।
रासस