वर्षाका कारण पुल भक्तिदा एकतर्फी आवागमन

0
Shares

शिवहरीप्रसाद भट्टराई, राजविराज ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली पुल एक साईडवाट भत्किएपछि सवारी आवागमन असहज भएको छ । भने तत्काल मर्मत र सुरक्षा नगरे वाँकी रहेको भाग समेत भत्किने खतरा वढेको छ ।

अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ स्थित महुली खोलामा रहेको पुल ११०० मिटर मध्ये उत्तरपटिवाट करिव ५० मिटर भाग भत्किएको छ । चार दिन अघिको वर्षासँगै खोलामा आएको बाढीका कारण पुलमा क्षती पुगेको थियो । समयमा मर्मत नहुँदा शनिवार साँझ साढे ६ बजे क्षती भएको भाग भत्किएको स्थानीय अशोक आचार्यले वताए ।

पुलको एकतर्फको भाग भत्किएपछि एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको छ । तर, समयमा मर्मतको काम नभए वर्षात सुरु भएपछि बढीले माटो बगाएर वाँकी रहेको भाग समेत वगाउन सक्ने खतरा रहेको स्थानीयवासीहरु वताउँछन् । यो पुल भएर दैनिक साना÷ठुला गरी करिव ३ हजार सवारी साधन आवत जावत गर्छन ।

एकतर्फी रुपमा यातायात सञ्चालनमा आईरहेकाले तत्काल कुनै समस्या नदेखिएपनि पानी पर्न थालेपछि खोलामा आउने वाढिले कटान गरेर बाँकी भाग पनि बगाउन सक्ने सप्तरीका एसपी मुकेश कुमार सिंह वताउँछन् ।

‘चार दिन अघि नै पुर्वपश्चिम चिरिएर पुलको एक साईड भास्सिएको थियो। हामीले लहान स्थित सडक ििडभिजन कार्यालयलाई जानकारी पनि गराएका हौ’ एसपी सिंहले भने–‘तर, समयमा सुरक्षाको प्रवन्ध मिलाउन नसक्दा पुल भत्किएको हो ।’ तत्काल सुरक्षाको ब्यवस्था नमिलाएर खतरा वाँकी नै रहेको उनको भनाई छ ।

सडक डिभिजन कार्यालयले भने यातायातमा अवरोध नहुने गरी पुलको सुरक्षा र मर्मतको काम सुरु भईसकेको जनाएको छ । भत्किएको ठाउँमा तारजाली लगाएर मर्मत र सुरक्षा गर्ने तथा क्षती पुगेको भागमा वाढिले असर नगरोस भन्नका लागि माथिल्लो भागमा स्पर निर्माणका लागि तयारी भईरहेको सडक विभागका पुर्वाञ्चल क्षेत्रीय निर्देशक दिपक कुमार भट्टराईले वताए ।

वाढिले पुलमा क्षती गरेको जानकारी पाएपछि आवश्यक श्रोत साधन जुटाउँदा जुटाउँदै सो भाग भत्किएको स्विकार गर्दै भट्टराईले भास्सिएको भाग भत्काएर मात्र मर्मत गर्नु पर्ने भएकाले त्यसलाई ठुलो कुरा वनाउन नहुने वताए । ‘क्षती भएकै ठाउँमा मर्मत हुने अवस्था थिएन, भत्किएको राम्रै भयो’ उनले भने–‘वर्षाको समय भएकाले यातायात अवरोध नहुने गरी तत्काल मर्मत र सुरक्षाको काम हुन्छ । त्यसपछि दिर्घकालिन के गर्न सकिन्छ, सवै गरिन्छ ।’
मर्मत र सुरक्षाका लागि कम्तिमा ७ दिन लाग्न सक्ने उनले जानकारी दिए ।