उत्कृष्ट दश गीत छनोट


काठमाडौँ ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय गीत प्रतियोगितामा सहभागी भएकाहरुमध्येबाट पुरस्कारका लागि उत्कृष्ट १० गीत छनोट गरिएका छन् ।

गत वैशाख १५ देखि जेठ १५ गतेसम्म सार्वजनिक सूचना गरी गीत आह्वान गरिएकामा प्रतियोगितामा समाविष्ट २०० गीतमध्येबाट निर्णायक समितिले १० गीत छनोट गरेको हो ।

उत्कृष्ट १० मा परेका गीतकारहरुमा गणेश रसिक ९इलाम०, रमेश शुभेच्छु ९पाँचथर०, डा कमल थापा ९काठमाडौँ०, गोपाल दाहाल ९सुनसरी०, तुलाधर विश्वकर्मा ९बाँके०, सौरभ सुनुवार ९काठमाडौँ०, जितेन्द्र खाती ९दोलखा०, अम्सुला कार्की ९ओखलढुंगा०, रवीन्द्र बुढाथोकी ९काठमाडौँ० र देवेन्द्र अर्याल ९काठमाडौँ० हुनुहुन्छ ।

निर्णायक समितिमा श्याम तमोट संयोजक तथा शक्ति बल्लभ र मधु गुरुङ सदस्य रहनुभएको थियो ।

छनोटमा परेको ती गीतकारलाई २०५औँ भानुजयन्तीका अवसरमा प्रतिष्ठानले यही असार २९ गतेदेखि आयोजना गर्ने त्रिदिवसीय हिमवत्खण्ड कला साहित्य सम्मिलनमा पुरस्कृत गरिने प्रतिष्ठानका महासचिव डा देवी नेपालले जानकारी दिनुभयो । ती गीतको रेकर्डसमेत गरिने बताइएको छ ।
रासस